स्वतन्त्रवाट निर्वाचित वडाअध्यक्ष माओवादीमा फर्किने
- राजनीतिसमाचार
- May 26, 2022

भोजपुर । रामप्रसादराई गाउँपालिका २ धोद्लेखानीमा स्वतन्त्रबाट निर्वाचित वडाअध्यक्ष राजकुमार तामाङ्गले पार्टी काममा फर्कन वातवरण बनाइदिन अनुरोध गर्नुभएको छ । नेकपा माओवादी केन्द्रका नेता समेत रहेका राईले टिकट वितरणमा असमति राख्दै स्वतन्त्रबाट उम्मेदवारी दिनुभएको थियो ।
आज पत्रकार सम्मेलन गर्दै तामाङ्गले पार्टी नेतृत्वले छलफल र बहस नगरि उम्मेदवार छनौट गरेको कारण आफुले स्वतन्त्रबाट उम्मेदवारी दिएको बताउनुभयो । आफ्नो गल्ती प्रति आत्मा आलोचित हुदै पार्टी काममा फर्कन चाहेको तामाङ्गले बताउनुभयो । आगामी दिनमा यस्तो गल्ती गर्न,गराउन म र पार्टी दुवै वाध्य नहुने वातवरण बनाउन वडाअध्यक्ष तामाङ्गको माग छ । आफु स्वतन्त्र उम्मेदवार भएपनि पार्टीको अन्य उम्मेदवार विजयी गराउन भुमिका समेत खेलेको तामाङ्गले बताउनुभयो ।
