सडक निर्माण सहयोगदातालाई सम्मान गर्दै हतुवागढी गाउँपालिका

शेयर गर्नुहोस


भोजपुर । हतुवागढी गाउँपालिका भोजपुरले सडक निर्माण सहयोगदातालाई एक कार्यक्रम गरि सम्मान गरेको छ । हतुवा क्षेत्रको विकास निर्माणको मुख्य पुर्वाधार सडक निर्माणका लागि पहिलो पटक स्काभेटर मिसिन अरुण नदिमा तारिएको दिन पारेर सहयोग दातालाई सम्मान गरिएको हो ।
भोजपुरको होम्ताङ्ग र धनकुटा मुगाको सिमानामा पर्ने अरुण नदिमा १४ वर्ष अघि स्काभेटर तारिएको हो । उक्त स्काभेटरले धनकुटा–पाख्र्रीवास मुगा– सुनबालुवा होम्ताङ्ग—घोडेटार सडक निर्माण संगै अन्य सडक निर्माण गरिएको थियो ।
यस अघि कुटो र कोदालोको भरमा सडक खन्दै आइएकोमा स्काभेटर तारेपछि सडक निर्माणले तिव्रता पाएको थियो । सरकारी सहयोगका साथै अपुग जनताबाट आर्थिक सहयोग जुटाएर १९ किलोमिटर सडक निर्माण गरिएको थियो । स्थानिय स्तरमा व्यक्ति र विभिन्न संघ संस्थाबाट ६१ लाख ७६ हजार लागतमा सुनबालुवा घोडेटार सठक निर्माण गरिएको हो । कार्यक्रममा सडक निर्माणमा आर्थिक सहयोग गर्ने ३८ जनालाई सम्मान गरिएको हो ।


सडक निर्माणमा ८ सय देखि ५ लाख ४० हजारसम्म आर्थिक सहयोग गर्ने महानुभावहरुलाई सम्मान गरिएको हतुवागढी गाउँपालिका अध्यक्ष प्रेम कुमार राईले बताउनु भयो । अन्य सडक निर्माणमा पनि जनस्तरबाट भए गरिएको सहयोगको अभिलेख संकलन गर्ने योजना समेत गाउँपालिकाको रहेको अध्यक्ष राईले बताउनु भयो ।
कार्यक्रममा तत्कालिन सडक निर्माण समितिका १९ ज ब्याक्तिगत रुपमा २८ लाख ६४ हजार ९९३ र विभिन्न संघ संस्थाबाट ३३ लाख ११ हजार छ सय रुपैँया लगानी भएको तत्कालिन धनकुटा–पाख्र्रीवास मुगा– सुनबालुवा होम्ताङ्ग—घोडेटार सडक निर्माण समितका अध्यक्ष ध्यानबहादुर राउतले बताउनुभयो ।


सडक विस्तारको स्मरणको लागि घोडेटार बजारमा सडक स्मारक स्तम्भसँगै घोडाको प्रतिमा समेत अनावरण गरिएको छ । हतुवागढी गाउँपालिकाको ऐतिहासिकता उजागर गर्दै दाताहरुको सम्मान स्वरुप स्मारक निर्माण गरिएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो । सडक निर्माणको क्रममा आर्थिक सहयोग एवं ऋण खोजिए पनि पछि समितिले फिर्ता गर्न सकेको थिएन । स्काभेटर तारेपछि संगै २०६६ सालमा घोडेटार सनुबालुवा याातायात सञ्चालनमा आएसंगै हतुवा क्षेत्रको विकास निर्माणमा तिव्रता आएको तत्कालिन सडक निर्माण समितिका अध्यक्ष ध्यानबहादुर राउतले बताउनु भयो ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…