भोजपुर र धनकुटामा ३८ हजार ५ सय गाँजाको बोट प्रहरीद्वारा फडानी

शेयर गर्नुहोस

विराटनगर| धनकुटा र भोजपुर जिल्लाका बिभिन्न स्थानहरुमा अवैधरुपमा लगाएको र प्राकृतिक रुपमा आफै उम्रिएका गाँजाको ३८ हजार ५ सय गाँजाको बोट फडानी गरी प्रहरिले जलाई नष्ट गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान २०८१ अन्तरतग अबैध रुपमा लगाएका गाँजाका बोटहरु नष्ट गर्ने अभियान अनुसार कार्तिक २३ गते धनकुटाको इलाका प्रहरी कार्यालय छिन्ताङ,भेडेटार, प्रहरी चौकी आँखीसल्ला र त्रिवेणीबाट परिचालन भएको प्रहरी टोलीले शहिदभुमी गाउँपालिकाका बिभिन्न एरिया इलाकाहरुका १७ रोपनी क्षेत्रफलमा प्राकृतिक रुपमा डाँडा पाखामा हुर्केका २४ हजार ४ सय गाँजाकाबोटहरु फडानी गरी जलाई नष्ट गरेको छ ।

यसै गरी भोजपुरको इलाका प्रहरी कार्यालय घोडेटार, भोजपुर बाट खटिएको प्रहरी टोलीले हतुवागढी गाउँपालिका बिभिन्न एरिया इलाकाहरुको करिव १८ रोपनी पाखा बारीमा लगाएको १४ हजार १ सय गाँजाको बोट फडानी गरी जलाई नष्ट गरेको छ ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…