सुब्बाको जागिर छोडेर वडाअध्यक्षको उम्मेदवार बनेका सञ्जल भन्छन “हसनपुरवासीको जिवनस्तर उकास्छु”

शेयर गर्नुहोस

भाेजपुर । भोजपुरको सुदुर दक्षिणी हतुवागढि गाउँपालिकाको वडा नम्बर ९ हसनपुरमा पनि स्थानिय तहको चुनावी रौनक तातिएको छ । वडामा नेकपा एमाले ,नेपालि काग्रेस र नेकपा माओवादीका उम्मेदवारहरु मैदानमा छन । त्यहि मैदानमा नेकपा एमालेबाट वडाअध्यक्षको उम्मेदवार बन्नुभएको छ सञ्जल राई । गाउँपालिकामा सुब्बा सो सरहको जागिर खाइरहनुभएका सञ्जल राई जागिर हापेर वडाअध्यक्षको उम्मेदवार बन्नुभएको हो । गाउँपालिकामा रहेर काम गर्दा गाउँलेको सुःख दुःख संग नजिक रहेका राई गाउँवासिको सेवा गर्न वडा अध्यक्षको उम्मेदवार बनेको बताउनु हुन्छ । आम जनताले समेत वडा अध्यक्ष उठन आग्रह गरेपछि अलिक फरक तरिकाबाट जनताको सेवा गर्न लागेको सञ्जल राई बताउछन ।

सञ्जल राई

राईको सपना

वडाअध्यक्षको उम्मेदवारि संगै राईले हसनपुरको विकास निर्माणमा आफ्नो योजना जनतामा लग्ने गरेका छन । हसनपुरलाई व्यावसायिक कृषि र पशुपालन मार्फत विकासमा अगाडि वढाउने वहाँको सपना छ । व्यावसायिक बाख्रापालनको पकेट क्षेत्र बनाउने वहाँको सोच रहेको छ । “हसनपुर व्यावसायिक पशुपालनको दृष्टीले उपयुक्त ठाउँ हो त्यसमा पनि बाख्रा पालनको अपार सम्भावना छ म यहाँको जनताको जिवन स्तर उकास्न बाख्रापालनको पकेट क्षेत्र बनाएर अगाडि वढछु । ” राईले भन्नुभयो “कृषि क्षेत्रमा यहाँ अरुण र दुधकोशिको पानि चेम्लाङ्ग,हलेदे र मचुवामा तानेर सिचाइ गर्न सके हतुवागढिमा तरकारीमा आत्म निर्भर बनाउन सकिन्छ बाकि तराई पठाउन सकिन्छ त्यसको पनि पहल गर्छु । ” यसका अलवा अदुवाको बजार र प्रसोधनका लागि पनि पहल गर्ने योजना रहेको वहाँले बताउनु भयो ।

अब्बल टिम
वडाअध्यक्षका उम्मेदवार सञ्जल राई संग अब्बल टिम चुनावी मैदानमा होमिएको छ । हसनपुरका पुराना बामपन्थि नेता बालकुमार राई र युवा नेता अनिल राई खुल्ला सदस्य उम्मेदवारी दिनुभएको हो । महिला सदस्यमा गणिता राई र दलित महिला सदस्यमा गिता सार्कीले उम्मेदवारि दिनुभएको छ । सञ्जल राई स्नातक पढाई पुरा गर्नभएको छ । अन्य उम्मेदवारहरुको प्रविणता पत्र तह भन्दा माथि शैक्षिक योग्यता रहेको छ । नेकपा एमालेले सहि उम्मेदवार चयन गरेर निर्वाचनमा होमिएको नेकपा एमाले जिल्ला कमिटी सदस्य बिशाल राईले बताउनु भयो । हामि पार्टि संगठनको जग संगै राम्रा उम्मेदवार पनि भएकोले हसनपुरलाई पुन लाल किल्ला बनाउने राईले बताउनु भयो ।

एउटै मञ्चमा प्रतिस्प्रधि
चुनावि अभियानको क्रममा कतिपय ठाउँमा प्रतिस्प्रधि संग आरोप प्रत्यारोप संगै झडप समेत हुने गरेको छ । तर हसनपुरमा भने एउटै मञ्चमा प्रतिस्प्रधि उम्मेदवारहरु संग कार्यक्रम भएको छ । हसनपुरको उखुबारिमा माओवादीका वडा अध्यक्षका उम्मेदवार केशरमान राई संग एउटै मञ्चमा कार्यक्रम भएको हो । कार्यक्रममा दुवै उम्मेदवारले आफुले गर्ने योजना सुनाउदै मतदातालाई भोट माग्नुभएको थियो । नेकपा एमालेका गाउँपालिका अध्यक्षका उम्मेदवार प्रेमकुमार राई र कमला राईले पनि आफुलाई जिताउन मत माग्नुभएको थियो । सम्भवत जिल्लामा पहिलो पटक एउटै मञ्चबाट प्रतिस्प्रधि पार्टीका उम्मेदवारले भोट मागेको हुन सक्ने स्थानिय गंगाराज राईले बताउनु भयो । हसनपुरमा नेपालि काग्रेसबाट साइति राई वडा अध्यक्षमा उम्मेदवार बन्नुभएकाे छ ।

अन्य पोष्टहरु

चुहारको पक्की पुल सात महिना भित्र बनिसक्ने

चुहारको पक्की पुल सात महिना भित्र बनिसक्ने

शेयर गर्नुहोस भोजपुर ,  २०७९ चैत ६ गते। भोजपुरलाई तराईसँग सबैभन्दा छिटो जोड्ने दक्षिणी नाका चुहारको…
हतुवागढीमा आजदेखि खेलाडी छनोट वडास्तरीय भलिबल प्रतियोगिता

हतुवागढीमा आजदेखि खेलाडी छनोट वडास्तरीय भलिबल प्रतियोगिता

शेयर गर्नुहोसघोडेटार । भोजपुरको हतुवागडीमा आज देखि वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ…
प्रदेश नामाङ्कनको विषयमा किरात राई यायोक्खा प्रदेश समितिको छलफल

प्रदेश नामाङ्कनको विषयमा किरात राई यायोक्खा प्रदेश समितिको छलफल

शेयर गर्नुहोसइटहरी । किरात राई यायोक्खा प्रदेश कार्य समितिको बिस्तारित बैठक सम्पन्न भएको छ । शुक्रबार…