चुवार, कोप्चे- घोडेटार यातायात भाडा व्यवस्थापन लगायतका ७ बुँदे माग सम्बोधन गर्न स्थानीयको माग

शेयर गर्नुहोस

-अर्जुन राई अपहेलित 

९ असोज, घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिकाको ४ वटा वडाको स्थानीयले यातायात भाडा व्यवस्थापन लगायतका ७ बुँदे माग गरेका छन् ।

आइतबार गाउँपालिकाको वडा नम्बर ४, ७, ८ र ९ का स्थानीयहरुद्वारा आयोजित डाँडाखर्कको भेलाले उक्त निर्णय गरेको हो ।

दसैं तिहार नजिकिए सँगै गाउँ फर्किनेहरुको बढ्दो क्रम रहेको छ । यातायात व्यवसायीहरुले तेलको मूल्य बढेको तथा बाटो बिगि्रएको कारण देखाउँदै मनोमानी भाडा असुल गर्ने गरेको स्थानीयको गुनासो छ ।

चुवार तथा कोप्चेबाट ज्यामिरे, सापिन्टार, रोक्टाङ, पात्लेपानी, खैराङ लगायत बीचबाटोमा ओर्लिनु परे घोडेटार सम्मको पुरै भाडादर तिर्नु परेको स्थानीयबासीहरुको गुनासो छ ।

समय तोकेर नियमित यातायात सञ्चालन गर्नुपर्ने, दुरीको हिसाबले भाडादर कायम गरिनुपर्ने, रिजर्भको नाममा १०/१२ जनाको भाडा तिर्नु पर्ने व्यवस्थाको अन्त्य, यात्रीलाई यातायात प्रालिको नाम, गाडी नम्बर र भाडादर सहितको टिकटको व्यवस्था, हतुवागढी यातायात प्रालीले धरान-चतरा-कोठु हुँदै चुवार सम्मको भाडा मनपरी लिएको हुँदा बढीमा ५००/- मात्रै कायम गर्नु पर्ने लगयतको माग सहित गाउँपालिकामा माग पत्र बुझाइएको हतुवागढी -८ का स्थानीय अनिल खड्काले बताए ।

उक्त मागहरु पूरा नभए असोज १३ गते देखि गाडी अवरोध गरिने स्थानीयले चेतावनी दिएका छन् ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…