भोजपुरको श्रीदलीमा भएको बोलेरो दुर्घटना विवरण सार्वजनिक

शेयर गर्नुहोस

श्रावण २७, भोजपुर । भोजपुरको टेम्केमयुङ गाउँपालिका २ श्रीदली स्थित बोलेरो दुर्घटना भएको छ ।

शनिबार काठमाडौंबाट भोजपुर तर्फ आउँदै गरेको ना १ ज ६८१६ नम्बरको बोलेरो अनियन्त्रित भै सडकबाट करिब २० मिटर खसेर दुर्घटना भएको हो ।

शनिबार काठमाडौंबाट भोजपुर तर्फ आउँदै गरेको ना १ ज ६८१६ नम्बरको बोलेरो अनियन्त्रित भै सडकबाट करिब २० मिटर खसेर दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा परि ११ जना घाईते भएका छन् भने ३ जना गम्भीर घाईते भएका छन् ।

गम्भीर घाईते हुनेमा भोजपुर नगरपालिका वडा नं. ७ बस्ने वर्ष ४९ सिराजसर्मा लुईटेल, ईलाम माङसेवुङ १ बस्ने वर्ष ३० को सुरेन्द्र राई र मोरङ जिल्ला सुन्दरहरैचा ५ वस्ने वर्ष २४ का निशान राई गम्भीर घाईते भएका छन् । उनीहरु तीनै जनाको अनुहार र छातीमा चोट लागेको प्रहरी जानकारी दिए ।

यस्तै घाईते हुनेमा टेम्केमैयुङ गाउँपालिका वडा नं. ६ बस्ने चालक वर्ष २७ का अहिर प्रधान, भोजपुर नगरपालिका वडा नं. ६ बस्ने वर्ष ३० को नविन राई, भोजपुर नगरपालिका वडा नं. ४ बस्ने वर्ष ४४ का पुर्ण प्रधान, सोहि ठाउँ बस्ने वर्ष १९ कि सन्ध्या प्रधान, वर्ष ३३ का कौशल हिमाङ, धनकुटा नगरपालिका ७ बस्ने वर्ष ३१ का टेकेन्द्र राई, झापा शिवसतासी २ वस्ने वर्ष ३१ का लोक बहादुर तामाङ र टेम्केमैयुङ गाउँपालिका वडा नं. ७ बस्ने वर्ष २५ को सुनिल प्रधान सामान्य घाईते भएका छन् । घाईतेहरुको जिल्ला अस्पताल भोजपुरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले बताएको छ ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…