भोजपुरको हतुवागढी ७ पिप्लेमा गोरु जुधाइ साथै कुषि प्रदर्शनी

शेयर गर्नुहोस

पात्लेपानी । भोजपुरको हतुवागढी गाउँपालिका ७ पिप्ले स्थित गोरु जुधाइ साथै पशु तथा कृषि प्रदर्शनी गरिएको छ ।

आइतबार माघे संक्रान्तिको अवसरमा बाहुराङ कृषि तथा पशुपालन समूह र श्री बाल संगठन युवा क्लबको संयुक्त आयोजनामा उक्त प्रदर्शनी गरिएको हो ।

कार्यक्रमकाबीच हरेक कार्यमा सहयोग तथा योगदान गर्दै आएका स्थानीय समाजसेवी धन बहादुर राईलाई सम्मान पत्र प्रदान गरि सम्मान गरिएको थियो । प्रत्येक वर्षको माघ १ गते पशु तथा कृषि प्रदर्शन गरिदै आएकोमा पहिलो पटक गोरु जुधाइ कार्यक्रमको आयोजना गरिएको हो । नकआउट चरणमा आयोजित उक्त गोरु जुधाइ प्रतियोगितामा
९ वटा गोरुको सहभागिता गराइएको थियो । गोरु जुधाइमा पिप्ले टोलका जितेन राईको सिदुरे गोरु विजेता र आम्जिराङ टोलका नेत्र राईको जोभाने गोरु उपविजेता बनेको थियो ।

बाख्रा प्रदर्शनीमा आम्जिराङ टोलकी सलिना राईको बाख्रा उत्कृष्ट छनोट भएको हो । काउली प्रदर्शन गरेकी पिप्ले टोलबाट रमिला राई उत्कृष्ट कृषि प्रदर्शनबाट पुरस्कृत बनिन् । प्रदर्शनमा आफ्नै करेसा बारीमा उत्पादित कृषि उत्पादन तथा पशुपन्क्षी प्रदर्शन गरिएको हो ।

हतुवागढी ७ बाख्रा पालनको लागि पकेट क्षेत्र रहेको र कृषकहरुलाई कृषि कर्ममा प्रोत्साहित गर्नको लागि कार्यक्रम आयोजना गरिएको आयोजक समितिका संयोजक सुमित राईले बताए ।

प्रदर्शनीमा आमजिराङ, पिप्ले र छपेली टोलबाट करिब ४५ घरधुरीको कृषि उत्पादन तथा पशुहरु प्रदर्शनमा रहेका थिए । उत्कृष्ट रहेका घरधनीलाई पुरस्कार स्वरुप नगद तथा कृषि औजारका सामाग्री प्रदान गरिएको आयोजक समितिले जनाएको छ ।

कार्यक्रममा पूर्ववडाध्यक्ष ध्यानकुमार राई, स्थानीय वुद्धिजिवी, स्थानीय कृषि समुह प्रतिनिधि, युवा तथा बालबालिकाहरुको उपस्थिति रहेको थियो ।

गोरु जुधाइ प्रतियोगिताको भिडियो:

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…