पर्यटनमन्त्री किरातीलाई पितृ शोक

शेयर गर्नुहोस

भोजपुर।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई पितृशोक परेको छ । किरातीका बुवा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा निधन भएको छ । मन्त्री किरातीकी आमाको पनि पहिल नै निधन भइसकेको छ । हर्कबहादुर प्यारालाइसिसका कारण चल्न–चलबलाउन नसक्ने अवस्थामा थिए । हर्कबहादुरअवकाशप्राप्त बेलायती सैनिक हुन ।

बुवाको मृत्युपछि मन्त्री किरातीले आजबाट आफू पूर्ण रूपमा टुहुरो भएको बताएका छन् । अब सबै नेपाली मेरो आमा बुवा भएको भन्दै बाँकी जीवन उनीहरूको सेवामा लगाउने उनले प्रण गरेका छन् । ‘भखरै बुवाले धोका दिनुभयो १ आमाले त हामीलाई पहिला नै धोका दिएर जानुभो ! उप्रान्त बुवा आमा त रहनुभएन रह्र्यो त केवल खिचि छोडेको तस्वीर आँखामा । पितृत्व र मातृत्व छातिभित्रु मन्त्री किरातीले भनेका छन्, आबाट हामी पूर्ण रूपमा टुहुरो भयौं तर कर्तव्यबाट टुहुरो बन्न मिल्दै मिल्दैन साह्रा नेपाली मेरो आमा बुवा हुन बाँकी जीवन उहाँहरूको सेवामा लगाउने छु । निशब्द छु तर भन्न बाध्य छु बुवा हार्दिक श्रद्धाञ्जली ।’

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…