हतुवागढी ८ का वडाध्यक्ष प्रेम थापाले गरे विद्यार्थीहरुलाई निशुल्क टाइ र वेल्ट वितरण

शेयर गर्नुहोस

-अर्जुन राई अपहेलित 

घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिका-८ का वडाध्यक्ष प्रेम बहादुर थापाले विद्यार्थीहरुलाई टाइ र वेल्ट वितरण गरेका छन् ।

आइतबार वडाध्यक्ष थापा आफै उपस्थित भई पात्लेपानी स्थित जनज्योति माध्यमिक विद्यालय र विद्यापोखरी प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई टाइ र वेल्ट वितरण गरेका हुन् ।

आफ्नै प्रायोजनमा उक्त टाइ, वेल्ट वितरण गरेका वडाध्यक्ष थापाले वडाका अन्य दुई प्राथमिक विद्यालयका लागि समेत पठाइएको जानकारी दिए ।

शैक्षिक सुधार साथै विद्यालयबीच एक रुपता कायम गर्नका लागि हतुवागढी -८ का सबै विद्यालयमा टाइ र वेल्ट वितरण गरिएको वडाध्यक्ष थापाले बताए ।

थापाले यस अघि वडाका तीन प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई व्यक्तिगत रुपमा विद्यालय पोसाक वितरण गरिसकेका छन् ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…