स्वास्थ्य केन्द्रमा प्रसूति गराउने सुत्केरी महिलालाई वडाध्यक्ष प्रेम थापाको आर्थिक सहयोग

शेयर गर्नुहोस

अर्जुन राई अपहेलित

पात्लेपानी । भोजपुरको हतुवागढी गाउँपालिका -८ का वडाध्यक्ष प्रेमबहादुर थापाले स्वास्थ केन्द्रमा प्रसूति गराउने महिलालाई आर्थिक सहयोग प्रदान गरेका छन् ।

वडाध्यक्ष थापाले आइतबार पात्लेपानी स्वास्थ्य चौकीमा प्रसूती गराएका हतुवागढी-८ का पाँच महिलालाई नगद दुई हजारका दरले व्यक्तिगत रुपमा आर्थिक सहयोग प्रदान गरेका हुन् ।

स्वास्थ्य केन्द्रमा आएर प्रसूती गराउने वडा नं.-८ का सबै सुत्केरी महिलाहरुलाई प्रति व्यक्ति दुई हजारका दरले आफ्नो ५ वर्षे कार्यकाल भरी निरन्तर वितरण गर्ने उनले घोषणा गरेका हुन् ।

गर्भवती महिलालाई स्वास्थ्य केन्द्रमा प्रसूति गराउन प्रेरित गर्न साथै सुत्केरी महिलाहरुलाई पौष्टिक आहाराको लागि व्यक्तिगत रुपमा आर्थिक सहयोग प्रदान गरेको वडाध्यक्ष थापाले बताए ।

उनले आइतबार नै अनौपचारिक रुपमा वडा अन्तर्गतका विद्यालयमा विद्यार्थीहरुलाई टाइ र वेल्ट निशुल्क वितरण गरेका छन् ।

वडाध्यक्ष थापाले पात्लेपानी स्थित जनज्योति माविका २१४ जना र डाँडाखर्क स्थित विद्यापोखरी प्राविका ५५ जना विद्यार्थीहरुलाई आफै उपस्थित भएर टाइ र वेल्ट वितरण गरेका हुन् ।

पिचाखा स्थित शिक्षा प्रकाश प्राविका ३३ जना र बारिगाउँ स्थित सिंहदेवी प्राविका १६ जना विद्यार्थीहरुका लागि समेत पठाइएको जनाइएको छ । वडाध्यक्ष थापाले यस अघि वडाका तीन प्राथमिक विद्यालयका १०४ जना विद्यार्थीहरुलाई ड्रेस कपडा निशुल्क बितरण गरि सकेका छन् ।

अन्य पोष्टहरु

कोशी प्रदेशले ल्यायो बजेट ३५ अर्ब २७ करोड

कोशी प्रदेशले ल्यायो बजेट ३५ अर्ब २७ करोड

शेयर गर्नुहोस विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब २७ करोड ९३…
माघ २४ देखि जनता क्याम्पसमा ‘स्ववियु कप–२०८०’ हुँदै, यी हुन् खेलहरुः अनलाइन आवेदन भर्नुहोस्

माघ २४ देखि जनता क्याम्पसमा ‘स्ववियु कप–२०८०’ हुँदै, यी हुन् खेलहरुः अनलाइन आवेदन भर्नुहोस्

शेयर गर्नुहोस इटहरी । जनता बहुमुखी क्याम्पस इटहरीमा ‘स्ववियु कप २०८०’ सप्ताहव्यापी खेलकुद समारोह हुने भएको…
भोजपुरको लुङथुङमा १० बर्षीया बालिका झुण्डिएको अवस्थामा मृत फेला

भोजपुरको लुङथुङमा १० बर्षीया बालिका झुण्डिएको अवस्थामा मृत फेला

शेयर गर्नुहोसमाघ १०, घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिका ४ स्थित लुङथुङमा एक बालिका झुण्डिएको अवस्थामा मृत…