भोजपुरका सन्तोष राई सहित नेपाली राष्ट्रिय भलिबल टोलीको नाम सार्वजनिक
- खेलकुद
- October 11, 2025
भोजपुर, असोज २५। बंगलादेशमा आगामी अक्टोबर २२ देखि २८ तारिखसम्म आयोजना हुने CAVA Men’s Nation’s Cup 2025 का लागि नेपाल भलिबल संघले १८ खेलाडीको नाम सार्वजनिक गरेको छ। उक्त प्रशिक्षण सूचीमा भोजपुरका सन्तोष राई पनि परेका छन्।

नेपाल भलिबल संघले जारि गरेको सूचनामा प्रशिक्षणमा सहभागी खेलाडीहरूलाई असोज २३ र २४ गतेसम्म उपस्थित रहन निर्देशन दिइएको छ। प्रशिक्षणपछि अन्तिम टोली चयन गरिने जनाइएको छ।
यस प्रतियोगितामा नेपालले मध्य एसियाली राष्ट्रहरू बंगलादेश, भारत, पाकिस्तान, इरान लगायतका देशहरूसँग प्रतिस्पर्धा गर्नेछ।
नेपाल भलिबल संघका अनुसार प्रशिक्षणका लागि छनोट गरिएका खेलाडीहरूमा धन बहादुर भट्ट क्षेत्री, गिरज काजी बस्नेत, सुमिन बस्नेत, पल्पल गहतराज, अर्जुन नेपाली, सफल बि.क., रिजन नगरकोटी, नृपेन्द्र बस्नेत, हरी बहादुर थापा, सुमन गुरुङ लगायतका खेलाडी छन्।
ृ
भोजपुरका सन्तोष राई को नाम यस सूचीमा समावेश भएपछि जिल्लावासीहरूमा खुशी र गौरवको माहोल छ। स्थानीय खेल प्रेमीहरूले राईको उत्कृष्ट प्रदर्शनको अपेक्षा व्यक्त गरेका छन्।