आज २८ फाल्गुन २०७८ को राशिफल

शेयर गर्नुहोस

मेष । चिताएको कामले तीव्रता लिनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ । शुभ समाचार पनि सुन्नमा आउला ।

बृष । आज पराक्रम बढ्नुका साथै पारिवारिक सुख मिल्नेछ । विश्वास गरेकाले साथ दिनेछन् । धैर्य एवं लगनशीलताले अवसर पनि दिलाउनेछ ।

मिथुन । आज लगनशीलताले कामहरू सहजै अगाडि बढ्नेछन् । चिताएको कामले तीव्रता लिनेछ । धर्म, कर्म तथा समाज सेवामा मन पनि लाग्नेछ ।

कर्कट । मानसिक चिन्ता बढ्नसक्छ । गरेका कार्यमा अवरोध र ढिलासुस्ती हुनेछ । यात्रामा मालसामान हराउन सक्छ, तर साँझमा शुभ समाचार पाइनेछ ।

सिंह । आज सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । प्रतिष्ठित व्यक्तिहरूसित मित्रतापूर्ण सम्बन्ध कायम हुनेछ । अधुरा कार्यहरू पुरा हुनसक्छन् ।

कन्या । आज कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । व्यवसायबाट पनि विशेष लाभ हुने देखिन्छ ।

तुला । आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आफन्तको सहयोग प्राप्त हुनेछ । व्यापारमा वृद्धि हुनुका साथै सामाजिक प्रतिष्ठा मिल्नेछ ।

बृश्चिक । आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । मनमा चिन्ता र दुबिधा उत्पन्न पनि हुनेछ ।

धनु । सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । सोचेका काम पूरा हुनेछन् ।

मकर । आज स्थान परिवर्तनका विशेष योग देखिन्छन् । रोकिएको धन हात पर्नसक्छ । मनोरञ्जनमा सहभागी भइएला । साँझमा पैसा खर्च हुने योग छ ।

कुम्भ । आज स्वादिष्ट भोजन पाइनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । शत्रुपक्ष भने सबल रहने भएकाले सजग रहनु नै उचित रहने देखिन्छ ।

मीन । आज धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।

अन्य पोष्टहरु

कोशी प्रदेशले ल्यायो बजेट ३५ अर्ब २७ करोड

कोशी प्रदेशले ल्यायो बजेट ३५ अर्ब २७ करोड

शेयर गर्नुहोस विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब २७ करोड ९३…
माघ २४ देखि जनता क्याम्पसमा ‘स्ववियु कप–२०८०’ हुँदै, यी हुन् खेलहरुः अनलाइन आवेदन भर्नुहोस्

माघ २४ देखि जनता क्याम्पसमा ‘स्ववियु कप–२०८०’ हुँदै, यी हुन् खेलहरुः अनलाइन आवेदन भर्नुहोस्

शेयर गर्नुहोस इटहरी । जनता बहुमुखी क्याम्पस इटहरीमा ‘स्ववियु कप २०८०’ सप्ताहव्यापी खेलकुद समारोह हुने भएको…
भोजपुरको लुङथुङमा १० बर्षीया बालिका झुण्डिएको अवस्थामा मृत फेला

भोजपुरको लुङथुङमा १० बर्षीया बालिका झुण्डिएको अवस्थामा मृत फेला

शेयर गर्नुहोसमाघ १०, घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिका ४ स्थित लुङथुङमा एक बालिका झुण्डिएको अवस्थामा मृत…