हतुवागढीमा एमाले निकट खेलकुद र युवाको पालिका स्तरीय समिती गठन

शेयर गर्नुहोस

घोडेटार । नेपाल कम्युनिस्ट पार्टी एमाले निकट खेलकुद महासंघ र युवा संघको हतुवागढी पालिका स्तरीय कमिटी गठन गरिएको छ ।

शुक्रबार घोडेटार स्थित आयोजित युवा भेला तथा प्रशिक्षण कार्यक्रमको अवसरमा हतुवागढी पालिका स्तरीय युवा संघ र खेलकुद महासंघ कमिटी गठन गरिएको हो ।

राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष रोशन बस्नेतको प्रमुख आतिथ्यता उक्त भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको थियो ।

कार्यक्रममा विशेष अतिथी नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा पूर्व माननीय धनहर्क राई, नेकपा एमाले भोजपुर जिल्ला अध्यक्ष शरण कुमार राई, एमाले प्रदेश कमिटी सदस्य तथा पूर्व जिला अध्यक्ष प्रेमकुमार राई लगायत हतुवागढी गाउँ पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । 

हतुवागढी गाउँ कमिटी तथा राष्ट्रिय युवासंघ भोजपुरद्वारा आयोजित उक्त भेलाले हरि प्रसाद राईको अध्यक्षतामा ४३ सदस्यीय हतुवागढी गाउँपालिका स्तरीय कमिटी गठन गरिएको हो ।

त्यस्तै भुवन बस्नेतको अध्यक्षतामा ३७ सदस्यीय हतुवागढी पालिका स्तरीय नेपाल खेलकुद महासंघ कमिटी सर्वसम्मत रुपमा चयन गरिएको राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी भोजपुरका सचीव रविन थापाले जानकारी दिए ।

 

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…