१८औं बान्तावा कविता प्रतियोगितामा सहभागिताको लागि आह्वान

शेयर गर्नुहोस

काठमाडौं । किरात राई बान्तावा भाषाको मासिक पत्रीका बुङ्वाखाको १८औं वार्षिकोत्सबको अवसरमा हुने कविता प्रतियोगितामा सहभागिताको लागि आह्वान गरिएको छ ।

धनकुटा जिल्लाको सहिदभुमी गाउँपालिकामा हुन लागेको राई ‘बान्तावा’ भाषाको उक्त १८औं बान्तावा कविता प्रतियोगिता -२०७९ आगामी मंसिर २४ गते सम्पन्न हुने भएको हो ।

प्रतियोगितामा सहभागिताको लागि बान्तावा भाषाको लेखन पद्धति अनुसार कम्प्युटरमा शुद्ध टाइप गरि bungwakha@gmail.com मा इमेल अर्थात हुलाक मार्फत कार्तिक २४ गते सम्ममा पठाई सक्नु पर्नेछ । प्राप्त कविता मध्ये उत्कृष्ट १८ कविता छनोट गरि प्रतियोगितामा प्रतिस्पर्धाको लागि वाचन गराइने आयोजकले जनाएको छ ।

छनोटमा परेका कविहरुले अनिवार्य रुपमा जातीय मौलिक भेषभूषामा उपस्थित भइ कविता वाचन गर्नु पर्ने तथा पूर्वप्रकाशित र वाचित कवितालाई समावेश नगराइने जनाइएको छ ।

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने कविहरुलाई ‘बुङ्वाखा-श्यामराज दुब्देङहाङ स्मृति कोष’बाट क्रमश: २० हजार, १५ हजार र १० हजार नगद सहित उत्कृष्ट १८ कविहरुलाई प्रमाणपत्र प्रदान गरिने छ ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…