पञ्चकन्या र भिमेश्वरीका उत्कृष्ट २१ छात्रालाई आकृति स्मृती पुरस्कार वितरण

शेयर गर्नुहोस

भोजपुर । हतुवागढी गाउँपालिका -१ स्थित दुई विद्यालयका उत्कृष्ट २१ छात्रालाई स्व. आकृती निरौला स्मृति पुरस्कार प्रदान गरिएको छ ।

मंगलबार भिमेश्वरी आधारभुत विद्यालयका ९ जना र पञ्चकन्या आधारभुत विधालयका १२ जना छात्रालाई आकृती निरौला स्मृति पुरस्कार वितरण गरिएको हो ।

श्री भिमेश्वरी आधारभुत विद्यालयका कक्षा ६,७ र ८ का उत्कृष्ट ३/३ जनालाई उक्त पुरस्कार वितरण गरिएको हो । त्यस्तै हर्का स्थित श्री पञ्चकन्या भगवती आधारभुत विद्यालयका कक्षा ३, ४ र ५ का उत्कृष्ट छात्रा १० जना र अति विपन्न २ छात्रालाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

२०७८ को वार्षिक परिक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल छात्राहरु छनोट गरि उक्त पुरस्कार वितरण गरिएको भिमेश्वरी आविकि शिक्षिका माया राईले जानकारी दिइन् ।

भोजपुर हतुवागढीमा जन्म भइ काठमाडौं स्थित रहेर स्नातकोत्तर अध्ययन साथै लोकसेवा तयारी गर्दै गरेकी आकृति निरौलाले ट्युसन सेन्टरबाट फर्कदै गर्दा २०७२ साल वैशाख १२ गतेको भुकम्पमा परी ज्यान गुमाइन् । छोरी आकृतीकै सम्झनामा उनका बुबा ओम प्रकाश निरौला र आमा सितादेवी निरौलाले दुई आधारभूत विद्यालयमा ३०/३० हजार नगद राशिको अक्षयकोष खडा गरेका हुन् ।

२०७४ सालमा स्थापना गरिएको उक्त आकृती स्मृती पुरस्कार प्रत्येक वर्षको वैशाख १२ गते वितरण गरिँदै आएको छ । विद्यार्थीहरुमा शिक्षाप्रती आकर्षण र जागरुक बनाउन वितरण गरिदै आएको उक्त पुरस्कार यसवर्ष भने वार्षिक परीक्षा साथै विविध कारणले तोकिएको मितिमा वितरण गर्न नसकिएको भिमेश्वरी विद्यालय व्यवस्थापन समिती अध्यक्ष सविता न्यौपानेले जानकारी दिइन् ।

कार्यक्रममा हतुवागढी गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष कुमार बिष्ट, दलित महिला वडासदस्य सुशीला विक, विद्यालयका शिक्षक विद्यार्थीहरुको उपस्तिथि रहेको थियो ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…