भोजपुरको समृद्धिका संवाहक, शेरधन राईका कामहरु 

शेयर गर्नुहोस


भोजपुर । समग्र भोजपुरको विकाससंगै जोडिने नाम हो, प्रदेश १ का संस्थापक मुख्यमन्त्री शेरधन राई । उनी मुख्यमन्त्री मात्रै नभएर उनी बोलीको पक्का र भोजपुरे जनताले रुचाएका प्रभावशाली नेताभित्र पर्छन् । उनको ३ वर्षे मुख्यमन्त्री कार्यकालमा उनले भोजपुरको धेरै बहुप्रतिष्ठित योजनाहरु सफल पारे । केहि निर्माण अवस्था र केहि प्रक्रियामा छन् ।
वि.स. २००८ मंसिर १ गते भोजपुरबाट नारदमुनि थुलुङ स्थानीय स्वायत्त शासन मन्त्री बने । त्यसयता भोजपुरले हरेक सरकारमा मन्त्रीको प्रतिनिधित्व गर्दै आएको छ । तर थुलुङपश्चात बनेका सबै मन्त्रीहरुले भोजपुरका लागि विकासको फड्को मार्न सकेनन् । तर देशकै कान्छो सांसद समेत बनेका राईले आफ्नो हरेक मन्त्री कार्यकालमा भोजपुरका लागि विकासको जग मात्र बसाएनन्, उनले दुरदराजका भोजपुरबासी नागरिकलाई विकासको प्रत्यक्ष अनुभव समेत गराए । त्यसैले उनी समग्र भोजपुरका लागि विकासको खाका कोर्ने एकमात्र सफल नेताको रुपमा गन्न सकिन्छ ।
जनताले प्रत्यक्ष रुपमा अनुभव गरेका विकासको खाकाको रुपमा प्रस्तुत गरेका एकमात्र जननेता राई अहिले प्रतिनिधी सभा सदस्यका लागि चुनावी मैदानमा छन् । नेकपा एमालेका एक कुशल नेता राई एमालेबाट यसअघि सुचना तथा सञ्चारमन्त्री पनि भईसकेका छन् । उनले प्रदेशको जिम्मेवारी सम्हालिरहँदा जन्मजिल्ला भोजपुरका लागि धेरै प्रगतिशिल र उल्लेखनीय विकास र समृद्धिको सपना साकार बनाउन कटिबद्ध रहे ।
भोजपुरको विकासका संवाहक मानिने राईले विकासे आयोजनाको नदि ल्याएका छन् । उनले विकासे सडकमध्ये ठुला सडक योजना अन्र्तगत ६७ वटा योजनामा २ अर्ब २७ करोड ५९ लाख ४० हजार रुपैँया बजेट ल्याए । त्यस्तै ३ वटा बहुबवर्षिय सडक यातायात आयोजनामा २ अर्ब ३६ लाख ११ हजार बजेट छुट्याए । जसमा सबैभन्दा बढि टक्सार एयरपोर्टदेखि भोजपुर सदरमुकामसम्मको सडक कालोपत्रेका लागि १८ करोड ७७ लाख, षडानन्द फालिदोबाटो तुर्के सडकखण्ड कालोपत्रेका लागि ८२ करोड ९१ लाख ५४ हजार, भोजपुर टक्सार डढुवा मानेभञ्ज्याङ बासिखोरा यूँ बालंखा रानीटार कालोपत्रे सडक २ प्याकेजमा ९८ करोड ६७ लाख ५७ हजार र सुनकोशी चुहार हसनपुरदेखि घोरेटार भोजपुर दिंला हुँदै किमाथांका नाकासम्म जोड्ने सडकखण्डको ठेक्का प्रक्रिया सुचारु गरे ।
यस्तै राईले कार्यकालमा ४ वटा मुख्यमन्त्री ग्रामीण सडक आयोजनाहरुमा कुल ८ करोड ८८ लाख बजेट ल्याए । यस्तै उनले ६० वटा सडकहरुको स्तरोन्नती र मर्मतका लागि १९ करोड ३५ लाख २९ हजार बजेट ल्याए ।
विकासे सडकसंगै राई ठुला बहुप्रतिष्ठित विकासे पुलका आयोजनाहरुमा पनि भोजपुरका लागि बजेट ल्याए । जसमा १२ वटा सडक पुलहरु र १२ वटा झोलुङ्गे पुल बनाए । उनले उक्त सडक पुलका लागि कुल ६२ करोड ८३ लाख १२ हजार ४ सय ७ रुपैयाँ र झोलुङ्गे पुलका लागि १ करोड ७६ लाख बजेट छुट्याए । जसमा ठुला सडक पुलहरुमध्ये सबैभन्दा बढि सुनकोशी नदि जोड्ने चुहार हसनपुर पुल निर्माणका लागि कुल २१ करोड २३ लाख १२ हजार ४ सय ७ रुपैयाँ र भोजपुर नगरपालिका र रामप्रसादराई गाउँपालिका जोड्ने पिखुवा खोला पक्किपुलका लागि ६ करोड ७२ लाख बजेटीकरण गरे ।
यस्तै ठुला भौतिक पूर्वाधारका विकासे योजनाहरुसंगै राईले आफ्नो कार्यकालमा अन्य विकासे योजनाहरु पनि सम्पन्न गरेका छन् । जसमा ६१ वटा खानेपानी आयोजनाका लागि ८२ करोड २५ लाख २९ हजार र ११ वटा लिफ्टिङ खानेपानी आयोजनाका लागि ५१ करोड ४ लाख ७३ हजार बजेट विनियोजन गरे ।
त्यस्तै १६ वटा सिँचाई आयोजना तथा जल प्रकोप नियन्त्रण कार्यक्रमका लागि ४ करोड ६ लाख, ७ वटा सभाभवन तथा सामुदायिक भवनमा १३ करोड ७६ लाख ३० हजार, २५ वटा खेलकुद पूर्वाधार निर्माणका लागि २८ करोड ९७ लाख १५ हजार बजेट छुट्याए । जसअन्र्तगत भोजपुर सदरमुकामको कोदारस्थित निर्माणाधिन भोजपुर रंगशालाका लागि कुल १८ करोड ७७ लाख बजेट छुट्टिएको छ ।
राईले आफ्नो मुख्यमन्त्री कार्यकालमा भोजपुर जिल्लाको शिक्षा क्षेत्रमा पनि उल्लेखनीय योजना तथा लगानी गरेका छन् । उनले जिल्लाभर १४३ वटा योजनाका लागि कुल १० करोड ३४ लाख ३५ हजार ८ सय ६८ रुपैँया बजेट छुट्याए । यस्तै भोजपुरको पर्यटन प्रर्बद्धनका लागि पनि उनले प्रसंसीय योजनाहरु ल्याए । ७२ वटा पर्यटन पूर्वाधार विकास योजनाहरुमा कुल ५० करोड ४ लाख बजेट ल्याए । जसमा बहुप्रतिष्ठित मुन्दुम पदमार्गका लागि ९ करोड बजेट छुट्याए ।
यस्तै अन्य प्रादेशिक आयोजनाहरुमध्ये भोजपुरमा राई भोजपुर नगरपालिका र रामप्रसादराई गाउँपालिका क्षेत्रमा जनता आवास कार्यक्रमका लागि ४ करोड १८ लाख ५० बजेट, ८ वटा शहरी विकास तथा ढल व्यवस्थापनका लागि १ करोड ५ लाख बजेट ल्याए । त्यस्तै उनले स्वास्थ्य क्षेत्रका लागि पनि बजेटीकरण गरे । जसमा ५७ वटा स्वास्थ्य कार्यक्रमका लागि ८ करोड ४० लाख बजेट ल्याए । यस्तै कुषि अनुदानका लागि ५३ लाख सहित राईले आफ्नो ३ वर्षे मुख्यमन्त्री कार्यकालमा कुल ४ सय २४ वटा आयोजनामा कुल ४ अर्ब ९२ करोड ९२ लाख ३४ हजार ८ सय ६८ रुपैँया गृहजिल्लाको विकासका लागि बजेट ल्याए ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…