गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज, प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा
- समाचार
- January 27, 2023

काठमाडौं । सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेको छ । सर्वाच्च अदालतको निर्णय संगै लामिछानेको उपप्रधान तथा गृहमन्त्री पद पनि गुमेको हो ।
सर्वोच्च अदालतको फैसलासँगै पदमुक्त भएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले शुक्रबार साँझ बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका छन् ।
त्यस्तै उनी राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति बन्न समेत अयोग्य भएका छन् ।
अदालतले लामिछानेलाई उम्मेदवार कायम गर्ने, निर्वाचित घोषणा गर्ने, प्रमाणपत्र दिने लगायतका कामकारबाही संविधानको धारा १३३ को उपधारा (२), (३) तथा धारा १३७ बमोजिम उत्प्रेषणको आदेश बदर हुने अदालतको फैसला छ ।
लामिछानेविरुद्ध अधिवक्ता रविराज बसौलाले सर्वोच्चमा मुद्दा दायर गरेका थिए । सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेविरुद्ध दायर मुद्दामा सुनुवाई गर्दै सांसद पद खारेज गरेको थियो ।