‘किरात प्रदेश’ नामकरणको माग गर्दै भोजपुरमा धर्ना

शेयर गर्नुहोस


भोजपुर । किरात राई यायोक्खा भोजपुरले ‘किरात प्रदेश’ नामकरणको माग गर्दै एक घण्टे चक्का जाम गरेको छ ।

बिहीबार बिहान भोजपुरको देउरालीस्थित एक घण्टा चक्का जाम गर्दै विरोध प्रदर्शन गरिएको हो ।

१ नम्बर प्रदेशलाई किरात प्रदेश नामकरण गर्न माग गर्दै किरात राई यायोक्खाले लामो समय देखि संघर्ष गरिरहेको उल्लेख गर्दै किराया भोजपुरका सचीव विदुर राईले किरात शब्द कुनै वर्ग, कुनै जाति विशेष नभएको बताए ।

‘पृथ्वीमा विभिन्न मुलुक खण्डित हुनु भन्दा पूर्व विकास भएको सभ्यता मध्ये एक हो किरात’ जक्का जामलाई सम्बोधन गर्दै उनले भने, ‘सबै समुदाय, वर्ग विशेषको साझा अपनत्व हुने गरि किरात प्रदेश नामकरण अभियानमा जुटेका छौं ।’

किरात राई यायोक्खा केन्द्रीय समितिले आज प्रदेश १ का १४ वटै जिल्लामा किरात प्रदेश नामकरणको माग गर्दै प्रदर्शन गर्न आह्वान गरेको छ । अन्य ६ वटा प्रदेशको नामकरण भइ सकेको छ भने १ नम्बर प्रदेशको नामकरण हुन बाँकी रहेको छ ।

किरात राई यायोक्खाले विगत देखि नै १ नम्बर प्रदेशलाई किरात प्रदेश नामकरण गर्न माग गर्दै आएको छ ।

अन्य पोष्टहरु

चुहारको पक्की पुल सात महिना भित्र बनिसक्ने

चुहारको पक्की पुल सात महिना भित्र बनिसक्ने

शेयर गर्नुहोस भोजपुर ,  २०७९ चैत ६ गते। भोजपुरलाई तराईसँग सबैभन्दा छिटो जोड्ने दक्षिणी नाका चुहारको…
हतुवागढीमा आजदेखि खेलाडी छनोट वडास्तरीय भलिबल प्रतियोगिता

हतुवागढीमा आजदेखि खेलाडी छनोट वडास्तरीय भलिबल प्रतियोगिता

शेयर गर्नुहोसघोडेटार । भोजपुरको हतुवागडीमा आज देखि वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ…
प्रदेश नामाङ्कनको विषयमा किरात राई यायोक्खा प्रदेश समितिको छलफल

प्रदेश नामाङ्कनको विषयमा किरात राई यायोक्खा प्रदेश समितिको छलफल

शेयर गर्नुहोसइटहरी । किरात राई यायोक्खा प्रदेश कार्य समितिको बिस्तारित बैठक सम्पन्न भएको छ । शुक्रबार…