तामाको भाँडामा राखेको पानी पिउनुका फाइदा

शेयर गर्नुहोस

धार्मिक हिसाबले मात्र होइन वैज्ञानिक अध्ययनहरुले समेत तामाको भाँडामा राखेको पानी पिउनु स्वास्थ्यका हिसाबले निकै फाइदाजनक रहेको देखाएका छन् ।

आयुर्वेदका अनुसार तामाको भाँडामा राखेको पानी पिउँदा विभिन्न खाले रोगबाट बँच्न सकिन्छ । हरेक बिहान तामाको भाँडामा राखेको पानी पिउनुका फाइदा यस्ता छन्ः

. तामाको भाँडामा राखेको पानी पिउनाले युरिक एसिडको समस्या कम हुन्छ र जोर्नीको दुखाइ कम गर्न रामवाण सिद्ध हुन्छ ।

· तामाको भाडामा राखेको पानीमा घुलेको तामा तत्वले सरीरमा थाइरोक्सिन हर्मोनमा नियन्त्रण गर्दछ । जसले थाइराइडको समस्या उत्पन्न हुन दिँदैन ।

· तामाको भाँडोमा राखेको पानी पिउनाले एसिडिटी तथा पेटमा धेरै ग्यास उत्पन्न हुने समस्याबाट छुटकारा मिल्दछ र पाचन क्रिया पनि सुधि्रन्छ ।

· तामाको भाँडामा कम्तिमा पनि ८ घण्टासम्म राखेको पानी नियमित रुपमा पिउनाले रक्तअल्पता जस्ता समस्या कम हुन्छन् ।

· तामाको भाँडामा राखेको पानी पिउनाले कोलेस्ट्रोलको समस्या कम हुन्छ र मुटु स्वस्थ राख्न सहयोग पुग्दछ । त्यसैले मुटुका रोगीहरुका लागि तामाको भाँडामा राखेको पानी नियमित रुपमा पिउनु फाइदाजनक हुन्छ ।

· तामाको भाँडामा राखेको पानीमा पर्याप्त मात्रामा एन्टी अक्सिडेन्ट पाइन्छ । यसले सरीरमा क्यान्सर प्रतिरोधी क्षमताको विकाश गर्नुका साथै छिटै बुढ्यौलीका लक्षण देखिने समस्या पनि कम हुन्छ ।

· शरीरको वजन कम गर्न पनि सहयोग मिल्दछ ।

· तामाको भाँडामा राखेको पानीमा ब्याक्टेरिया प्रतिरोधी गुण पाइन्छ । जसले पानीमा भएका जिवाणु नष्ट गर्दछ । त्यसैले तामाको भाँडोमा राखेको पानी पिउनाले कमलपित्त, आउँ जस्ता रोगको खतरा कम गर्दछ ।

· तामाको भाँडामा राखेको पानीमा पाइने लवणका कारण कपाल झर्ने समस्या पनि कम हुन्छ ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…