सप्तकोशीमा खस्यो ट्रक, पौडी खेलेर बाँचे तीन जना

शेयर गर्नुहोस

सप्तकोशी नदीमा ट्रक खसेको छ।

आज बिहान कोशी ब्यारेजको पुलमा यात्रुवाहक बस र ट्रक जुधेर ट्रक सप्तकोशीमा खसेको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) राजकुमार राईका अनुसार शुक्रबार बिहान ७:४५ बजे मे १ ख १७६५ नम्बरको बससँग ठक्कर खाएको मे १ ख ३००७ नम्बरको ट्रक पुलको बार भत्काएर सप्तकोशीमा खसेको हो।

ट्रकमा सवार तीन जनालाई तत्काल उद्धार गरिएको डिएसपी राईले बताए। उद्धार गरिएकाहरूमा ट्रकका चालक बागमती नगरपालिका-९, सर्लाहीका २४ वर्षीय दिनेश खत्री, ट्रकमा सवार कन्काई नगरपालिका झापाका भोला दाहाल र भारतीय नागरिक २४ वर्षीय उमेश राजपुत छन्।

‘उहाँहरू पौडी खेल्न जान्न हुँदो रहेछ त्यसकारण उद्धार गर्न सम्भव भयो,’ डिएसपी राईले भने।

नदीमा खसेको ट्रक खोजी भइरहे पनि भेटिने सम्भावना कम रहेको उनले बताए।

अन्य पोष्टहरु

चोरीभएको सुन सहित नगद बरामद

चोरीभएको सुन सहित नगद बरामद

शेयर गर्नुहोस भोजपुर । भोजपुर नगरपालिका ५ बोखिममा चोरी भएको नगद र सुन बरामद भएको छ…

त्रिवि दिवसमा भोजपुर क्याम्पसले गर्यो विभिन्न कार्यक्रम

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६५ ‌औ वार्षिक दिवसको अवशरमा भोजपुर बहुमुखि क्याम्पसले…
भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।…