चितवन–२ मा वैशाख १० गते उपनिर्वाचन गर्ने आयोगको निर्णय
- समाचार
- February 12, 2023
काठमाडौं । चितवनको क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि आगामी वैशाख १० गते उपनिर्वाचन हुने भएको छ ।
निर्वाचन आयोगको आइतबार बसेको बैठकले २०८० साल वैशाख १० गते आइतबार चितवन क्षेत्र २ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम उक्त निर्णय गरिएको हो ।
यसअघि मंसिर ४ मा भएको निर्वाचनमा सो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भएका थिए । नागरिकतासम्बन्धी मुद्दामा अदालतको फैसलाबाट लामिछाने पदमुक्त भएपछि आयोगले रिक्त रहेको पदमा उपनिर्वाचनको मिति तोकेको हो ।