भोजपुरको षडानन्दमा चट्याङ लागेर १३ वर्षीय बालकको मृत्यु

शेयर गर्नुहोस

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकाका १२ पिप्लेमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ।

बिहीबार अपरान्ह ४ बजेको समयमा सामान्य हावाहुरी र बर्षातसँगै परेको चट्याङ्ले लागेर स्थानिय नारायण भुजेलका १३ वर्षीय छोरा सरोज भुजेलको मृत्यु भएको हो ।

चट्याङ्ले गम्भीर घाईते भएका सरोज र स्थानीय २५ बर्षिय प्रदिप भुजेललाई उपचारकालागि संखुवासभाको तुम्लींगटार स्थित मनकामना हस्पिटल लगिएको थियो । हस्पिटल पुर्याउदा अस्पतालले सरोजलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
घाईते प्रदिपको अवस्था भने सामान्य रहेको जनाइएको छ ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…