वालाहाङ उत्थान समाजको तेस्रो अधिवेशनबाट अध्यक्षमा पुन: बलराम राई सर्वसम्मत निर्वाचित

शेयर गर्नुहोस

हतुवागढी । श्री सुनाहाङ वालाहाङ किरात राई उत्थान समाजको तेस्रो अधिवेशनबाट पुनः बलराम राई अध्यक्षमा निर्वाचित भएका हुन् ।

भोजपुरको हतुवागढी -४ फलामढुङ्गा स्थित शनिबार सम्पन्न अधिवेशनबाट बलराम राईको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरिएको हो ।

नवगठित समितिको उपाध्यक्षमा कमल कुमारी राई, धनिराज राई र शेरबहादुर राई निर्वाचित भएका हुन् । त्यस्तै सचिवमा कृपालसिं राई, सह-सचीवमा पल्टन कुमार राई र कोषाध्यक्षमा चतुरमान राई निर्वाचित भएमा हुन् ।

शुक्रबार किरात राई यायोक्खा भोजपुर अध्यक्ष एवं प्रदेश सांसद सिर्जना राईको प्रमुख आतिथ्यतामा अधिवेशन उद्घाटन गरिएको हो ।
उद्घाटन सत्रमा स्यामुना शिली प्रतियोगिता, खैराङ साकेन्वा नाक्छोङ (पुजारी) र टाङ्कावा (पुजारीको सहयोगी) लाई शिरमा फेटा गुठाएर सम्मान गरिएको थियो । त्यस्तै वालाहाङ वंशका जेष्ठ व्यक्तित्व रेखिमाया राई र अच्छा बहादुर राईलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

अन्य पोष्टहरु

चोरीभएको सुन सहित नगद बरामद

चोरीभएको सुन सहित नगद बरामद

शेयर गर्नुहोस भोजपुर । भोजपुर नगरपालिका ५ बोखिममा चोरी भएको नगद र सुन बरामद भएको छ…

त्रिवि दिवसमा भोजपुर क्याम्पसले गर्यो विभिन्न कार्यक्रम

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६५ ‌औ वार्षिक दिवसको अवशरमा भोजपुर बहुमुखि क्याम्पसले…
भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।…