चितवन २ मा रवि लामिछानेलाई उमेदवार बनाउने रास्वपाको तयारी
- राजनीति
- February 12, 2023
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १० गते हुने उपनिर्वाचनमा सो पार्टीका सभापति रवि लामिछानेलाई उमेदवार बनाउने तयारी गरेको छ ।
यसअघि भएको निर्वाचनमा सोही क्षेत्रबाटै उमेदवार बनेका लामिछानेलाई उपनिर्वाचनमा पनि उमेदवार बनाउन लागिएको हो ।
यसअघि पत्रकार सम्मेलनमा पनि सो पार्टीका सभापति लामिछानेले छिटो निर्वाचनको मिति घोषणा गर्न माग गरेका थिए । लामिछानेले अमेरिकाको नागरिकता लिएको समयमा नेपालको नागरिकता त्याग नगरेको र पछि सोही आधारमा चुनाव लडेको भन्दै सर्वोच्च अदालतले उनलाई अयोग्य ठहर गरेपछि उपनिर्वाचन हुन लागेको हो ।