नेपाल शिक्षक महासंघ हतुवागढीद्वारा शुभकामना आदानप्रदान तथा अन्तरक्रिया सम्पन्न

शेयर गर्नुहोस

९ असोज, घोडेटार । नेपाल शिक्षक महासंघ हतुवागढीको आयोजनामा शुभकामना आदानप्रदान तथा शैक्षिक अन्तरक्रिया सम्पन्न भएको छ ।

शनिबार हतुवागढी गाउँपालिका अध्यक्ष प्रेम कुमार राईको प्रमुख आतिथ्यतामा वडादसैं तथा शुभकामना दिपावली विशेष शुभकामना आदानप्रदान सम्पन्न गरिएको हो ।

कार्यक्रममा वर्तमान शैक्षिक अवस्था र गाउँपालिकाका विद्यालयहरुमा शैक्षिक सुधारको निम्ति शैक्षिक अन्तरक्रिया समेत गरिएको हो ।

शिक्षक ईश्वर बहादुर खड्काको अध्यक्षतामा श्री सगरमाथा माविको सभा हलमा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुनिता किराती, नेपाल शिक्षक महासंघ भोजपुरका अध्यक्ष तिर्थकुमार राई, हतुवागढी गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधि, शिक्षक, कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…