किरात राई यायोक्खा अध्यक्ष दिवस राई विरुद्ध बेलायतमा धर्ना तथा नाराबाजी

शेयर गर्नुहोस

बेलायत। किरात राई यायोक्खा नेपालका केन्दृय अध्यक्ष दिवस राईलाई किरात राई यायोक्खा बेलायतले ग्याम्बललेन स्थित किरात हाउसमा प्रबेश गर्न पुर्ण रुपमा रोक लगाएको छ ।

मेइ १६ मा विवादिद सामुहिक चुलाको उद्घघाटन गर्न भनेर ग्याम्बललेन प्रबेश गर्न लागेका अध्यक्ष राईलाई किरात राई यायोक्खा बेलायतले बिहान ७ बजे देखि बेलुका ५ बजे सम्म दिनभर धर्ना तथा नाराबाजि सहित बिरोध गरेर रोकिएको हो ।

किरात राई यायोक्खा बेलायतमा सामुहिक चुला बिबादकै कारण समुदाय बिभाजित रहेको छ । बिभाजित समुदाय र संस्थालाई मिलाउन भुमिका गर्नु पर्ने ब्यक्ति नै यसरि एक पक्षिय ढंगले आधिकारिक र अनाधिकारिक्ताको हवला दिदै बेलायत भ्रमणमा रहेको राईलाई खबरदारि स्वरुप बिरोध गरिएको किरात राई यायोक्खा बेलायतको महासचिव चन्द्रवति राईले बताउनु भयो ।

हामी सधै एकताको पक्षमा रहेको र बेलायतमा मिलेर बसेको मैतृपुर्ण समुदायको बिभाजन गर्न किरात राई यायोक्खा नेपालको अध्यक्ष दिवस राईको प्रमुख भुमिका रहेको उपाअध्यक्ष तथा भाषिक संघिय संरचना संयोजक क्याप्टेन सुमन चन्द्र राईले बताउनु भयो ।

मेलमिलापको बाताबरण सृजना भैरहेकै बखत योजना बद्द रुपमा मेलमिलापको बाताबरण भंग गर्ने गरि चुलाकै विषय लिएर दिवस राईको बेलायत प्रबेश ठिक नभएको र यो खाले गतिबिधि तुरुन्त रोकि मेलमिलापको लागि यत्न गर्न अर्का उपाध्यक्ष तथा वार्ता समितिको संयोजक मेजर दिल राईले अपिल गर्नु भयो ।

किरात राई यायोक्खा बेलायतका अध्यक्ष चन्द्र बहादुर राईले अहिलेको बिरोध शान्तिपुर्ण तथा संयम भएको बताउदै दिवस राईले यो खाले समुदाय भाड्ने गतिबिधि नरोके थप योजना बद्द ससक्त प्रतिकार गर्ने समेत चेतवानि दिनु भयो ।

आफुहरु मिल्न चाहेको, मिलेर बस्न चाहेको तर यो खाले प्रतिकुल बाह्र्य हस्तक्षेप सहेर बस्न नसक्ने उपमहासचिव प्रमिला राईले बताउनु भयो ।  भिडियो लिंक: https://youtu.be/OK4TbwUkV-U

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…