चुनावी मैदानमा चन्द्र किराती, ‘पारदर्शी सेवा प्रदान गर्ने प्रतिवद्धता’

शेयर गर्नुहोस

भोजपुर । सक्रीय विद्यार्थी राजनीतिबाट उदाएका चन्द्र किराती अपरिचित नाम भने हुँदै होइन ।

भोजपुरको षडानन्द नगरपालिका–२ कुदाकाउलेमा जन्मिएका किराती विद्यार्थी राजनीतिबाट उदाएर स्थानीय निर्वाचनमा होमिएका छन् ।

वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनमा जनता जमाजवादी पार्टी, नेकपा माओवादी पार्टी र एकिकृत समाजवादी पार्टीबीचको संयुक्त गठबन्धनका उम्मेदवार बनेका किराती संयुक्त चुनाव चिन्ह कलम लिएर चुनावी मैदानमा उत्रिएका छन् । उनले जसपाको तर्फबाट षडानन्द –२ को खुल्ला वडा सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् ।
‘अग्रजलाई सम्मान, युवालाई प्रोत्साहन’ भन्ने मूल नाराका साथ चुनावी मैदानमा होमीएका उनको भ्रष्टचार, अनियमितता, ढिलासुस्ती रहित जनमुखी सेवा प्दान गर्ने लक्ष्य छ ।

को हुन् चन्द्र किराती ?
गाउँकै ज्ञनोदय आधारभूत विद्यालयमा प्राथमिक तह अध्ययन गरि चन्द्र किरातीले सावित्रा मावि कुदाकाउलेबाट उच्च शिक्षा हासिल गरे । स्नातक तह जनता बहुमुखी क्याम्पस इहरीमा अध्ययनकै क्रममा सक्रीय विद्यार्थी राजनीतिमा लागेका किराती वि.सं. २०७३ सालमा सम्पन्न भएको भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनबाट स्ववियु प्रवक्ताको जिम्मेवारीमा रहेर काम गरे ।

उनले वि.सं. २०६७ देखि ६९ सम्म सावित्र मावि जु.रे.स. सचिव रहेर काम गरे । हरेक सामाजिक क्षेत्रमा पाइला चालेका किरातीले आफ्नो यात्रालाई निरन्तरता दिई रहेका छन् । २०७४ सालमा युवा रेडक्रस सर्कल जनता क्याम्पस समितिको सचिवको जिम्मेवारी सम्हालेका उनी क्याम्पसमा विद्यार्थी हकहितका निम्ति सदैव लागि रहने विद्यार्थी नेता मध्येकै एक उदाहरणीय हुन् ।

आदिवासी जनजाति विद्यार्थी महासंघ सुनसरी जिल्ला उपाध्यक्ष रहेका किराती जनता समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियन १ नम्बर प्रदेश समिति उपाध्यक्षको जिम्मेवारीमा रहेका छन् । उनी किरात राई विद्यार्थी संघ जनता बहुमुखी क्याम्पस इकाइ समिति अध्यक्ष हुँदै हाल संघको केन्द्रीय समितिको अतिरिक्त विभाग प्रमुखको भूमिकामा रहेका छन् ।

किरातीले सञ्चार क्षेत्रमा २ वर्षको अनुभव बटुलेका छन् । २०७० देखि ७२ साल सम्म गुराँस एफएमा कार्यक्रम प्रस्तोताको रुपमा काम गरेका उनी साहित्यको क्षेत्रमा निकै रुचि राख्दछन् ।

 

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…