गठबन्धनबाट हतुवागढीको अध्यक्षमा गजेन्द्र कार्की, उपाध्यक्षमा सुनिता किराती
- स्थानिय तह
- April 25, 2022
घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिकाको अध्यक्षमा कांग्रेसले गजेन्द्र कार्कीलाई उठाउने भएको छ ।
आइतबार बसेको बैठकले कार्कीलाई कांग्रेसको तर्फबाट टिकट दिने निर्णय गरेको हो ।
हतुवागढीमा गठबन्धनको तर्फबाट अध्यक्ष कांग्रेसले र उपाध्यक्ष माओवादीले पाएको छ । गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनेका गजेन्द्र कार्की नेपाली कांग्रेस केन्द्रीय सदस्य समेत हुन् ।
त्यस्तै गठबन्धनको निर्णय अनुसार उपाध्यक्ष पाएको माओवादी केन्द्रले सुनिता किरातीलाई टिकट दिएको हो ।
गठबन्धनका दुवै उम्मेदवारले मनोनयन दर्ता गराइ सकिएको नेपाली कांग्रेस हतुवागढी-८ का सभापति प्रेम थापाले जानकारी दिए ।
त्यसैगरी हतुवागढी गाउँपालिकामा नेकपा एमालेले भने प्रेम कुमार राईलाई पुनः अध्यक्षमा दोहोर्याउने भएको छ ।
गत निर्वाचनमा निर्वाचित पालिका अध्यक्ष समेत रहेका राईलाई पुन उम्मेदवारको लागि सिफारिस गरेको हो ।
एमालेले उपाध्यक्ष पदमा कमला राईलाई सिफारिस गरेको छ ।