मनसुनी हावा सक्रिय, अधिकांश स्थानमा वर्षा

शेयर गर्नुहोस

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले मनसुनी हावा सक्रिय हुँदा यतिबेला मुलुकको विभिन्न स्थानमा पानी पर्न सुरु भएको जनाएको छ । देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी हावा तथा स्थानीय हावाको प्रभाव रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् गोविन्द झाले मनसुनी हावा चलिरहेको, बङ्गालको खाडीबाट जलवास्पयुक्त हावा नेपाल आएकाले वर्षा गराउने प्रणाली विकसित भई हाल मुलुकको विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको बताउनुभयो । “हाल देशभर आंशिकदेखि साधारणतया बदली, कोशी प्रदेशको इलाम, बागमती प्रदेशको काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, नुवाकोट, काठमाडौँ र चितवन, लुम्बिनी प्रदेशको प्युठान र रोल्पा, कर्णाली प्रदेशको सुर्खेत आसपासमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार इलाम आसपास र बर्दिया आसपासका एक–दुई स्थानमा भारी वर्षासमेत भइरहेकाले आवश्यक सतर्कता अपनाउन भनिएको छ । झाकाअनुसार काठमाडौँ उपत्यकामा शनिबारसम्म वर्षाको सम्भावना छ ।

महाशाखाले शुक्रबार बिहानसम्म कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाएको छ । साथै कोशी प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थान तथा बाँकी उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना पनि रहेको महाशाखाको भनाइ छ ।

महाशाखाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्न आवश्यक तयारी गर्नु तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…