स्यामुना शिली प्रतियोगितामा हतुवागढी-२ दितेनी टोली प्रथम

शेयर गर्नुहोस

घोडेटार । भोजपुरको हतुवागढी -४ फलामढुङ्गामा आयोजित स्यामुना शिली प्रतियोगितामा हतुवागढी -२ दितेनी टोली प्रथम भएको छ ।

शुक्रबार श्री वालाहाङ सुनाहाङ किरात राई उत्थान समाजको तेस्रो अधिवेशनको अवसरमा आयोजित उक्त प्रतियोगितामा किरात राई यायोक्खा प्राकस दितेनी प्रथम भएको हो ।

त्यस्तै प्रतियोगितामा किरात राई यायोक्खा प्राकस हतुवागढी ४ खैराङ दोस्रो, किरात राई यायोक्खा प्राकस हतुवागढी ७ लुङ्खिम तेस्रो र किरात राई यायोक्खा प्राकस हतुवागढी ५/६ चौंथो भएको हो ।

किरात राई यायोक्खा भोजपुर अध्यक्ष एवं प्रदेश सांसद सिर्जना राईको प्रमुख आतिथ्यतामा ब्यानर वाचन गरि कार्यक्रमको उद्घाटन गरिएको थियो ।

हतुवागढी, आमचोक र रामप्रसाद राई गाउँपालिका क्षेत्रका किरात राईहरुले उधौली र उभौलीमा नाच्ने स्यामुना शिली संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ ।

उत्थान समाजको अध्यक्ष बलराम राईको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा विशिष्ट अतिथि पूर्व माननीय धनहर्क राई, हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राई र उपाध्यक्ष सुनिता किरातीको उपस्थिति रहेको थियो ।

अन्य पोष्टहरु

चोरीभएको सुन सहित नगद बरामद

चोरीभएको सुन सहित नगद बरामद

शेयर गर्नुहोस भोजपुर । भोजपुर नगरपालिका ५ बोखिममा चोरी भएको नगद र सुन बरामद भएको छ…

त्रिवि दिवसमा भोजपुर क्याम्पसले गर्यो विभिन्न कार्यक्रम

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६५ ‌औ वार्षिक दिवसको अवशरमा भोजपुर बहुमुखि क्याम्पसले…
भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।…