भोजपुरको टम्केमैयुङका विद्यार्थीलाई न्यानो कपडा साथै स्टेशनरीका सामाग्री वितरण

शेयर गर्नुहोस

 भोजपुर । भोजपुरको टम्केमैयुङ गाउँपालिका –३ अन्नपुर्ण स्थित बाघधन रणदिप माविका विद्यार्थीलाई न्यानो कपडा साथै स्टेशनरीका सामाग्री वितरण गरिएको छ ।

बिहीबार गरस चिया उघोगले सरस्वती पुजाको अवसर बाघधन माविमा अध्यरत (नर्सरी) कक्षा शिशु देखि कक्षा ५ सम्मका विद्यार्थीहरुलाई उक्त सामाग्री वितरण गरेको हो ।

गरस चिया उघोगका प्रोपाइटर रंजित गिरीले आउने दिनहरूमा अझधेरै सामाजिक कार्यक्रम सहभागीता जनाउने साथै विद्यालयका बालबालिकालाई छात्रवृतिको व्यवस्था गर्ने योजना रहेको बताएका छन् ।

उक्त कार्यक्रम टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतको प्रमुख आतिथयतामा समपन्न गरिएको थियो । गरस चिया उघोगका प्रोपाइटर रंजित गिरीका बुबा सहरमान गिरीको हातबाट उक्त सामाग्री वितरण गरिएको हो ।

रवि कुमार राईको अध्यक्षतामा आयोजित कार्यक्रममा ३ नम्बर वडाध्यक्ष पुर्ण प्रसाद राई, ४ नम्बरका वडाध्यक्ष हर्कराज राई, पालिका सदस्य मकनादेवी चमर्कार, पूर्व गाविस अध्यक्ष विष्णु कुमार राई, विद्यालयका प्रधानध्यापक डमबर राई साथै अभिभावक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

अन्य पोष्टहरु

चोरीभएको सुन सहित नगद बरामद

चोरीभएको सुन सहित नगद बरामद

शेयर गर्नुहोस भोजपुर । भोजपुर नगरपालिका ५ बोखिममा चोरी भएको नगद र सुन बरामद भएको छ…

त्रिवि दिवसमा भोजपुर क्याम्पसले गर्यो विभिन्न कार्यक्रम

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६५ ‌औ वार्षिक दिवसको अवशरमा भोजपुर बहुमुखि क्याम्पसले…
भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।…