हसनपुरमा पुष ८ गतेदेखि वडा स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता

शेयर गर्नुहोस

घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिका ९ हसनपुरमा भलिबल प्रतियोगिता हुने भएको छ ।

“अनुशासन र इमान्दारिता हो खेलकुद, राष्ट्रको पहिचान र सम्मान हो खेलकुद” भन्ने मूल नाराका साथ वडा स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता हुन लागेको हो ।

हसनपुर खेलकुद विकास समितीको आयोजनामा हुने उक्त प्रतियोगिता पुष ८ देखि १० गते सम्म सञ्चालन हुनेछ । साथै खुल्ला कप्पल ब्याटमिटन प्रतियोगिता समेत हुनेछ ।

प्रतियोगितामा सहभागिताको लागि पुष ७ गते सम्ममा टिम दर्ता गरि सक्नुपर्ने तथा खेलाडी सम्बन्धित वडाको हुनुपर्ने जारी सुचनामा उल्लेख छ ।

खुल्ला कप्पल व्याटमिटन प्रतियोगितामा विजेताले १० हजार नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने पुरुष तर्फ भलिबल विजेतालाई ५५ हजार र उपविजेतालाई ३१ हजार नगद पुरस्कार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ । महिला तर्फ विजेतालाई २५ हजार र उपविजेता टिमलाई १५ हजार नगद पुरस्कार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
त्यस्तै पुरुष तर्फ सेमिफाइनल पुग्ने टिमलाई १० हजार र महिला तर्फ सेमिफाइनल पुग्ने टिमलाई ५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।

अन्य पोष्टहरु

चोरीभएको सुन सहित नगद बरामद

चोरीभएको सुन सहित नगद बरामद

शेयर गर्नुहोस भोजपुर । भोजपुर नगरपालिका ५ बोखिममा चोरी भएको नगद र सुन बरामद भएको छ…

त्रिवि दिवसमा भोजपुर क्याम्पसले गर्यो विभिन्न कार्यक्रम

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६५ ‌औ वार्षिक दिवसको अवशरमा भोजपुर बहुमुखि क्याम्पसले…
भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।…