मन्त्री किराँतीले गरे टक्सार विमानस्थलमा नयाँ टर्मिनल भवनको शिलान्यास

शेयर गर्नुहोस

भोजपुर । संस्कृति, पर्यटन तथा नागरिक उडयन मन्त्री सुदन किराँतीले टक्सार बिमानस्थलमा बन्न लागेको सुबिधा सम्पन्न नयाँ टर्मिनल तथा कन्ट्रोल टावर भवनको शिलान्यास गरेका छन ।

भोजपुर नगरपालिका १२ मा रहेको बिमानस्थलमा पाँच करोड लागतमा बन्न लागेको नयाँ टर्मिनल भवनको शिलान्यास भएको हो । भवन निर्माण सम्पन्न भएपश्चात एक साथ एक सय यात्रुलाइ सेवा दिन सक्ने टर्मिनल भवनले थप यात्रुको चापलाइ समेत धान्न सक्ने गरि बनाउन लागिएको हो। निर्माण कम्पनि आर वि उर्वान विल्डर्स एण्ड सप्पलायर्स प्रा लि ले २०८० साल पुष महिना भित्रमा सक्ने गरि काम भइरहेको जनाएको छ ।

शिलान्यास कार्यक्रममा बोल्दै मन्त्रि किराँतीले नेपाल वायु सेवा निगम मार्फत तीन वटा नयाँ जहाज खरिदको अन्तिम तयारीमा रहेको बताएका छन ।  केन्द्र सगै पुर्व र पश्चिम क्षेत्रमा वेस बनाएर सेवा दिने गरि नयाँ जहाज थप गर्न लागिएको मन्त्री किरातिले बताए ।

३५ लाख खर्च २ लाख आम्दानि

यसै वीच नेपाल नागरिक उड्यन प्राधिकरणले भोजपुर कार्यालय घाटामा सञ्चालनमा रहेको जनाएको छ । गत वर्षको प्राधिकरणको कुल आम्दानि दुइ लाख रुपैया भएकोमा खर्च भने ३५ लाख रुपैया भएको प्राधिकरणले जनाएको छ । घाटा खाएर भएपनि जनताको सेवाको लागि कार्यलय सञ्चालनमा रहेको प्राधिकरणाले जनाएको छ ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…