कोशी प्रदेश खारेजको माग गर्दै पहिचान पक्षधरको शक्ति प्रदर्शन: मुख्यमन्त्री र प्रदेशसभामुखको पुत्ला दहन

शेयर गर्नुहोस

विराटनगर । कोशी प्रदेश खारेज गरी पहिचानसहितको नामकरण गरिनुपर्ने माग राख्दै विराटनगरमा पहिचानवादी संघसंस्थाहरु आन्दोलनमा उत्रिएका छन् ।

शुक्रबार विराटनगर १३ रोडशेष स्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय अगाडी विरोध प्रर्दशन गरेका उनीहरुले मुख्यमन्त्री हिक्मत कार्की र प्रदेश सभामुखको पुत्ला दहन गरेका हुन् ।

संघीय लिम्बुवान मञ्च, किरात राई यायोक्खा र किरात याक्थुम चुम्लुङको संयुक्त विरोध प्रदर्शनमा कोशी प्रदेश खारेजी गरिनुपर्ने र पहिचानको आधारमा लिम्बुवान– किरात प्रदेश नामकरण गरिनुपर्ने माग गरिएको थियो । पहिचानवादी एक हौं, मुख्यमन्त्री हिक्मतकुमार कार्की मुर्दावाद , कोशी प्रदेश मान्दैनौं लगायतका नारा सहित प्रदर्शनमा उत्रिएका उनीहरुले प्रदेश १ को नामकरण पहिचानसहितको नराखे देशभरी आन्दोलन चर्काउने उनीहरुले चेतावनी दिएका छन् ।

१७ फागुनमा प्रदेशसभाबाट बहुमतले प्रदेश १ को नामकरण कोशी प्रदेश घोषणा भएपछि पहिचानबादी संघसंस्थाहरु लिम्बुवान, किरात संयुक्त संघर्ष समितिले विरोध प्रर्दशन गर्दै आएका छन् । उनीहरुले नामकरण राख्ने दिन बुधबार पनि विराटनगरको देवकोटा चोकमा प्रदर्शन गरेका थिए ।

पछिल्लो समय पहिचान पक्षधरले आन्दोलनलाई शसक्त बनाउँदै लगेको छ । विभिन्न जिल्लामा सांसदलाई प्रवेश रोक लगाउनको साथै थप आन्दोलन चर्काउन तयारी समेत थालिएको छ ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…