वालाहाङ उत्थान समाजको तेस्रो अधिवेशनबाट अध्यक्षमा पुन: बलराम राई सर्वसम्मत निर्वाचित

शेयर गर्नुहोस

हतुवागढी । श्री सुनाहाङ वालाहाङ किरात राई उत्थान समाजको तेस्रो अधिवेशनबाट पुनः बलराम राई अध्यक्षमा निर्वाचित भएका हुन् ।

भोजपुरको हतुवागढी -४ फलामढुङ्गा स्थित शनिबार सम्पन्न अधिवेशनबाट बलराम राईको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरिएको हो ।

नवगठित समितिको उपाध्यक्षमा कमल कुमारी राई, धनिराज राई र शेरबहादुर राई निर्वाचित भएका हुन् । त्यस्तै सचिवमा कृपालसिं राई, सह-सचीवमा पल्टन कुमार राई र कोषाध्यक्षमा चतुरमान राई निर्वाचित भएमा हुन् ।

शुक्रबार किरात राई यायोक्खा भोजपुर अध्यक्ष एवं प्रदेश सांसद सिर्जना राईको प्रमुख आतिथ्यतामा अधिवेशन उद्घाटन गरिएको हो ।
उद्घाटन सत्रमा स्यामुना शिली प्रतियोगिता, खैराङ साकेन्वा नाक्छोङ (पुजारी) र टाङ्कावा (पुजारीको सहयोगी) लाई शिरमा फेटा गुठाएर सम्मान गरिएको थियो । त्यस्तै वालाहाङ वंशका जेष्ठ व्यक्तित्व रेखिमाया राई र अच्छा बहादुर राईलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…