आज २२ माघ २०७९ आइतबारको राशिफल

शेयर गर्नुहोस

मेषः जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । प्रेमीप्रेमिकाका बिच खिन्नता बढ्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । मुद्दा मामिला आउन सक्छ ।

वृषः आज शत्रुमाथि विजय प्राप्त हुन सक्छ । श्रम मूलक वा कृषिक्षेत्रका काममा मन जानेछ । शुभकार्यको चर्चा चल्ने र योजना पनि बन्नेछ ।

मिथुनः यात्रा सफल नै हुन्छ, तर लामो यात्राबाट हानी हुनसक्छ । मानसम्मान प्राप्त हुने सम्भावना छ । धार्मिक र सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ ।

कर्कटः आज प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । कूटनीतिक नियोगको सहयोग मिल्ला । प्रविधि मार्फत काम अघि बढ्न सक्छ ।

सिंहः आज मनमा निराशा र शरीरमा आलस्य आउला । प्रेमी प्रेमिकाका बिच खिन्नता बढ्न सक्छ । पारिवारिक जमघट र सद्भाव बढ्ने देखिन्छ ।

कन्याः आज कला र गलाको प्रभाव बढ्नेछ । सामाजिक र राजनैतिक क्षेत्रमा विभिन्न अवसर जुराउनेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ ।

तुलाः आज नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् ।

वृश्चिकः आज मनमा प्रसन्नता छाउनेछ । महिला वा मित्रबाट साथ, सहानुभूति र विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

धनुः भाग्यले साथ दिए पनि मनमा शंका तथा डरका कारण काममा दुबिधा उत्पन्न हुन सक्छ । प्रेमप्रसङ्गमा नरमाइलोपन आउन सक्छ ।

मकरः आज आस्था र पराक्रममा वृद्धि हुनेछ । सामाजिक र राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

कुम्भः सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । मित्र वा आफन्तको सहयोग मिल्नेछ, तर यात्राबाट टाढै रहनु राम्रो ।

मिनः बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । साँझपख शुभ समाचार आउन सक्छ ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…