आवि स्तरीय हतुवागढी रनिङ्ग शिल्ड तथा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता छनौट सम्पन्न

शेयर गर्नुहोस

घोडेटार । दोस्रो हतुवागढी गाउँपालिका स्तरीय अन्तर आवि रनिङ्ग शिल्ड तथा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता छनौट सम्पन्न भएको छ ।

भोजपुरको हतुवागढी गाउँपालिका १ सगरमाथा माविको खेलमैदानमा जारी प्रतियोगिता (आज) मंगलबार समापन गरिएको हो ।

सबै खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै श्री सगरमाथा माविले आवि स्तरीय रनिङ्ग शिल्ड र मावि स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको प्रथम उपाधी हात पारेको हो ।

मावि स्तरीय भलिबल खेलमा छात्रतर्फ सगरमाथा मावि घोडेटार र छात्रा तर्फ प्रजातन्त्र मावि होम्ताङले उपाधी जितेको छ भने छात्र तर्फ जनज्योति मावि पात्लेपानी र छात्रा तर्फ सगरमाथा मावि घोडेटार द्वितीय भएका छन् ।

यसैगरी एथेलेटिक्स तर्फका खेलहरु मध्ये हाइजम्प खेलमा छात्र तर्फ सगरमाथा माविका निरोज थापा प्रथम, जनसेवा माविका गोविन्द मग्राती द्वितीय र निशाना राई सगरमाथा मावि प्रथम र सिमा राई (जनज्योति मावि) द्वितीय भएकी हुन् ।

लङजम्प तर्फको खेलमा छात्र तर्फ सगरमाथा माविका सचिन राई प्रथम र प्रजातन्त्र माविका बबिहाङ राई द्वितीय भएका छन् । लङजम्पमा छात्रा तर्फ निशाना राई सगरमाथा मावि प्रथम र निरुता कार्की जनसेवा मावि द्वितीय भएकी छिन् ।

सटफुट खेलमा छात्र तर्फ सञ्जित राई सगरमाथा मावि प्रथम, दिल बहादुर राई जनसेवा मावि द्वितीय, छात्रा तर्फ इन्दिरा राई (जनज्योति मावि) प्रथम र रिना थापा (सगरमाथा मावि) द्वितीय भएकी हुन् ।

ज्याब्लिङ थ्रो खेलमा छात्र तर्फ सचिन राई सगरमाथा मावि प्रथम र सुमन मगर जनसेवा मावि द्वितीय भएमा छन् भने छात्रा तर्फ शान्तकला राई जनज्योति मावि प्रथम र उर्मिला बस्नेत सगरमाथा मावि द्वितीय भएकी हुन् ।

१०० × ४ मिटरको रिले दौडमा छात्र छात्रा दुवै तर्फ जनसेवा मावि प्रथम, सगरमाथा मावि द्वितीय भएका छन् । त्यस्तै ४०० × ४ मिटरको रिले दौडमा छात्र छात्रा दुवै तर्फ सगरमाथा मावि प्रथम, जनसेवा मावि द्वितीय भएको छ ।

सय मिटरको दौडमा छात्रतर्फ शुसिल परियार सगरमाथा मावि प्रथम, दिपेन राई जनसेवा मावि द्वितीय र छात्रा तर्फ रिना थापा सगरमाथा मावि प्रथम, समिता राई जनसेवा मावि द्वितीय भएकी हुन् । दुई सय मिटरको दौडमा छात्र तर्फ सुशिल परियार सगरमाथा मावि प्रथम, विशाल काफ्ले जनसेवा मावि द्वितीय र छात्रा तर्फ रिना थापा सगरमाथा मावि प्रथम र निरुता कार्की द्वितीय जनसेवा मावि द्वितीय भाएकी हुन् ।

त्यस्तै चार सय मिटरको दौडमा सुमन राई सगरमाथा मावि प्रथम, दिल बहादुर राई द्वितीय र छात्रा तर्फ रेजिना राई प्रथम जनसेवा मावि र उर्मिला बस्नेत सगरमाथा मावि द्वितीय भएको हो । आठ सय मिटारको दौडमा छात्र तर्फ कुशल गहतराज प्रथम सगरमाथा मावि, करण मगर जनसेवा मावि द्वितीय र छात्रा तर्फ उर्मिला बस्नेत प्रथम सगरमाथा मावि र समिता राई जनसेवा मावि द्वितीय भएकी हुन् ।
१५ सय मिटरको दौडमा सुमन राई प्रथम सगरमाथा मावि, सुमन मगर दोस्रो जनसेवा मावि र छात्रा तर्फ सिता कार्की सगरमाथा मावि प्रथम र निरुता कार्की जनसेवा मावि द्वितीय भएकी हुन् ।
स्थानेय तह स्तरीय उक्त प्रतियोगिता विजेताहरुले जिल्लास्तरीय प्रतियोगितामा सहभागिता जनाउनेछन् |

माघ २२ गते देखि २४ गते सम्म भएको उक्त प्रतियोगितामा हतुवागढी गाउँपालिका अन्तर्गतका आधारभूत विद्यालय र माध्यमिक विद्यालयहरुको सहभागिता रहेको थियो ।

आधारभूत विद्यालय स्तरीय एथेलेटिक्स तर्फका खेलहरु मध्ये सय मिटरको दौडमा छात्र तर्फ पञ्चकन्या आवि लुङ्थुङका अभिषेक नेपाली प्रथम, जनसेवा मावि हसनपुरका प्रेम लम्जेल द्वितीय र प्रजुन भुजेल पञ्चकन्या भगवती हर्का तृतीय भएका छन् भने छात्रा तर्फ रेजिना राई जनसेवा मावि प्रथम, सुनिया श्रेष्ठ शान्ति आवि सोया द्वितीय र रोजिना खड्का पञ्चकन्या भगवती तृतीय भएकी हुन् ।

दुई सय मिटरको दौड छात्र तर्फ निज्जल राई सगरमाथा मावि प्रथम, अभिषेक नेपाली पञ्चकन्या आवि दोस्रो, उमेश परियार शान्ति आवि सोया तेस्रो भएका छन् भने छात्रा तर्फ ममता तामाङ भिमेश्वरी आवि प्रथम, निरुता नेपाली जनसेवा मावि द्वितीय र शान्ति निकेतनकी ममिता थापा तृतीय भएकी छिन् ।

चारसय मिटरको दौडमा छात्र तर्फ प्रजुन भुजेल पञ्चकन्या भगवती प्रथम, अभिषेक नेपाली पञ्चकन्या आवि लुङथुङ द्वितीय र छात्रा तर्फ रेजिना राई जनसेवा मावि प्रथम, सुनिता श्रेष्ठ शान्ति सोया द्वितीय र सगरमाथा माविकी मिना राई तृतीय भएकी हुन् ।

हाइजम्प खेलमा छात्र तर्फ निरोज कार्की पञ्चकन्या भगवती प्रथम, प्रमोद राई शान्ति निकेतन द्वितीय, अभिषेक नेपाली तृतीय र छात्रा तर्फ मिना राई सगरमाथा मावि प्रथम, परिधि राई पञ्चकन्या आवि द्वितीय र भिमिश्वरी आविकी समुना थापा तृतीय भएकी हुन् ।

लङजम्प खेलमा छात्र तर्फ मिज्वल राई सगरमाथा मावि प्रथम, प्रेम लम्जेल जनसेवा मावि द्वितीय, प्रकि राई शान्तिसोया तृतीय र छात्रा तर्फ मिना राई सगरमाथा मावि प्रथम, पञ्चकन्या आविकी कौशिला राई द्वितीय र पञ्चकन्या भगवतीकी रोजिना खड्का तृतीय भएकी हुन् ।

आवि स्तरीय भलिबल प्रतियोगितामा छात्र तर्फ शान्तिसोया आवि प्रथम, पञ्चकन्या आवि द्वितीय र जनसेवा मावि तृतीय भएका छन् भने छात्रा तर्फ जनसेवा मावि प्रथम, सगरमाथा मावि द्वितीय र पञ्चकन्या आवि तृतीय भएका छन् ।

राष्ट्रपति रनिङ शिल्ड एक राष्ट्रिय स्तरको विद्यालयस्तरीय खेलकुद प्रतियोगिता हो । जसको आयोजना राष्ट्रिय खेलकुद परिषदले गर्ने गर्दछ ।

अन्य पोष्टहरु

चोरीभएको सुन सहित नगद बरामद

चोरीभएको सुन सहित नगद बरामद

शेयर गर्नुहोस भोजपुर । भोजपुर नगरपालिका ५ बोखिममा चोरी भएको नगद र सुन बरामद भएको छ…

त्रिवि दिवसमा भोजपुर क्याम्पसले गर्यो विभिन्न कार्यक्रम

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६५ ‌औ वार्षिक दिवसको अवशरमा भोजपुर बहुमुखि क्याम्पसले…
भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।…