जसपाका लमजुङ प्रतिनिधिसभा उम्मेदवार गुरुङको निधन
- समाचार
- November 21, 2022
काठमाडौं । मतगणना जारी रहँदा लमजुङ प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका नरेन्द्र गुरुङको निधन भएको छ ।
जनता समाजवादी पार्टी (जसपा) बाट उम्मेदवार रहेका गुरुङको उच्च रक्तचापका कारण निधन भएको हो ।
शनिबार रक्तचापका कारण बेहोस भएपछि तत्काल बेंसीशहरमा रहेको जिल्ला अस्पतालमा लगे पनि थप उपचारका लागि चितवनमा लगेर उपचार हुँदै आएको थियो । उपचारत गुरुङको आज निधन भएको सो पार्टीका केन्द्रीय सदस्य खेमजङ्ग गुरुङले जानकारी दिए ।
जिल्लामा आज दिउँसोदेखि नै मतगणना जारी छ । हालसम्म चार हजार नौ सय चार मतगणना हुँदा निधन भएका गुरुङको पक्षमा पाँच भोट प्राप्त भएको छ ।