लौरो चुनाव चिन्ह लिदै पर्यटन व्यवसायी रमेश ओझाले स्वतन्त्र उम्मेदवारी दिने

शेयर गर्नुहोस


भोजपुर । आसन्न प्रतिनिधि सभाको निर्वाचनमा भोजपुरबाट लौरो चुनाव चिन्ह लिदै पर्यटन व्यवसायी रमेश ओझाले स्वतन्त्र उम्मेदवारी दिने भएका छन । भोजपुर नगरपालिका ११ आम्तेकका ओझाले प्रतिनिधि सभामा उम्मेदवार बन्ने इनागरिकलाई जानकारि दिनु भयो ।
लामो समय सम्म पर्यटन व्यावसायीको रुपमा काम गर्दै आएका ओझाको उम्मेदवारीले अन्य उम्मेदवारलाई समेत प्रभाव पार्न सक्ने बताइएको छ । नेकपा एमालेबाट राजनितिमा प्रवेश गरेका उनि पछिल्लो समय नेकपा माओवादीमा पार्टिमा आवद्ध रहेका थिए ।
माआवादी २०७४ सालको निर्वाचनमा भोजपुरबाट प्रतिनिधि सभाको उम्मेदवारमा सिफारिस भएका थिए । “देशको परिवर्तन गर्न र आर्थिक जनजिविका परिवर्तन गर्नका लागि मेरो उम्मेदवारी हो ” ओझाले इनागरिकसंग भने “ हालको राजनीतिक व्यावस्थाले जनताको जिवन स्तर उकास्न सकेन नयाँ भिजन मिसन र कार्यक्रम सहित राजनैतिक दलले दिएको निराशालाई आशामा परिवर्तन गर्न प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेको हु ।”
भोजपुरमा हाल सम्म स्वतन्त्र उम्मेदवार प्रतिनिधि सभामा डाक्टर सुरेश बस्नेत , शक्ति राईले पनि स्वतन्त्र उम्मेदवारी घोषणा गरिसक्नु भएको छ । लाैराे अभियान अन्तरगत प्रदेश सभामा पनि उम्मेदवार उठाउने तयारी भैरहेकाे अभियानले जनाएकाे छ ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…