हर्क साङ्पाङको श्रम अभियानमा किरावि संघको साथ, गिट्टी कुट्दै मनायो स्थापना दिवस

शेयर गर्नुहोस

-अर्जुन राई अपहेलित 

१७ भाद्र, धरान । किरात राई विद्यार्थी (किरावी) संघको २४ औं स्थापना दिवसको अवसरमा धरान स्थित श्रमदान तथा वृक्षरोपण गरिएको छ ।

बिहीबार संघका केन्द्रीय अध्यक्ष रामचन्द्र राई र महासचिव अन्जिलहाङ किरातीको नेतृत्वमा सर्दु,खर्दु तथा निशाने खोलामा राई विद्यार्थीहरुले गिट्टी कुटेर श्रमदान गरेका हुन् ।

सयौंको संख्यामा उपस्थित राई विद्यार्थीहरुले सर्दु,खर्दु तथा निशाने खोलामा निर्माणाधीन खानेपानी ट्याङ्कीका लागि आवश्यक गिट्टि कुटेर श्रम गरेका हुन् । सोही अवसरमा खोलाको मुहान क्षेत्रमा कागती, रुद्राक्ष लगायतको बिरुवा रोपेर वृक्षरोपण समेत गरिएको थियो ।

राई विद्यार्थी संघको उक्त वृक्षरोपण तथा श्रमदान कार्यमा धरान उपमहानगरपालिकाका मेयर हर्क साङ्पाङले आफै उपस्थित रहेर विद्यार्थीहरुमा हौसला प्रदान गरेका थिए ।
मेयर साङ्पाङले मेयर पद पाँच वर्षको लागि भएको तर श्रम अभियान जिवन्त रहने बताए । आफ्नो घर बनाउन कुनै ढुङ्गा नबोकेको उल्लेख गर्दै मेयर साङ्पाङले धराने जनतालाई खानेपानीको काकाकुल अवस्थाबाट मुक्त पार्न चाहेको बताएका छन् ।

मेयर साङ्पाङको श्रम अभियानबारे बोल्दै किरावी संघका अध्यक्ष रामचन्द्र राईले विभिन्न विकसित मुलुकले श्रम संस्कृतिको अवलम्बन गरेरै फड्को मार्न सकेको उल्लेख गरे ।

जसले नयाँ ढंगबाट काम गर्न खोज्छ ऊ प्रती चौतर्फी घेराबन्दी हुने संस्कार देशमा रहेको उल्लेख गर्दै उनले मेयर हर्क साङ्पाङलाई सामुहिक रुपमा घेराबन्दी पार्न खोजिएको बताए । अध्यक्ष राईले भने, ‘मेयर हर्क साङ्पाङलाई असफल पार्न गरिएको गतिविधि प्रती किरात राई विद्यार्थी संघले खेद व्यक्त गर्दै खण्डन गर्नेछ, उहाँको समाज बनाउने, देश बनाउने अभियान छ, त्यस अभियानमा किरात राई विद्यार्थी संघ शतिसाल झैं उभिएर अघि बढ्न तयार छ ।’

उक्त कार्यक्रममा किरावि संघ जनता क्याम्पस इटहरी, किरावि संघ महेन्द्र बहुमुखी क्याम्पस धरान, सुकुना बहुमुखी क्याम्पस मोरङ, किरात राई विद्यार्थी संघ झापाका विद्यार्थीहरु लगाएतको उपस्थिति रहेको थियो । भिडियो: https://youtu.be/9OKrT8Jzj0s

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…