व्यवसायी हरी श्रेष्ठद्वारा घोडेटार बजारमा फोहोर व्यवस्थापनको लागि डस्बिन प्रदान

शेयर गर्नुहोस


घोडेटार । भोजपुरको हतुवागढी-१ स्थित घोडेटार बजार क्षेत्रमा फोहोरमैला व्यवस्थापनको लागि डस्बिन प्रदान गरिएको छ ।

शुक्रबार गाउँपालिकामा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रमकाबीच व्यवसायी हरी श्रेष्ठले बजार क्षेत्रमा सरसफाइ तथा फोहोरमैला व्यवस्थापनको लागि १० थान डस्बिन प्रदान गरेका हुन् ।

गाउँपालिकालाई एक सय लिटरको १० थान डस्बिन प्रदान गरेका व्यवसायी श्रेष्ठले अपर्याप्त भएमा थप गर्ने बताए । उनले भने, ‘बजारमा आफैंले राख्दा असुरक्षा हुने हुँदा गाउँपालिका तथा सुरक्षा निकायको निगरानीमा हुने गरि पलिकालाई प्रदान गरेको हुँ । उक्त डस्बिन बजार क्षेत्रभित्रका महत्वपूर्ण ठाउँमा राख्न अपुग भएमा थप गर्नेछु ।’

व्यवसायी श्रेष्ठद्वारा व्यक्तिगत रुपमा गाउँपालिकालाई प्राप्त उक्त डस्बिन उद्योग वाणिज्य संघको सहकार्यमा बजार क्षेत्रका महत्त्वपूर्ण ठाउँमा राखिने भएको छ ।

प्राप्त डस्बिनको सुरक्षा तथा थप बजार व्यवस्थापनको लागि नगर प्रहरीहरुलाई नयाँ ढंगबाट परिचालन गरिने गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए । अध्यक्ष राईले भने, ‘बजार क्षेत्रमा लगभग ७५ प्रतिशत सोलिङ र ढलानको कार्य सम्पन्न भएको छ, यातायातलाई समेत उचित व्यवस्थापन गरि घोडेटार बजार क्षेत्र व्यवस्थापनमा ध्यान दिएका छौं ।’

आगामी दिनमा प्रत्येक घरमा एक गमला राख्ने नीति ल्याउन लागेको समेत अध्यक्ष राईले जानकारी दिए । जस अन्तर्गत प्रत्येक घरमा एक वा सो भन्दा बढी मात्रामा गमला राखी फूलका बोट बिरुवा रोप्नु पर्नेछ । उक्त अभियानले घरको सौन्दर्यता थप हुने तथा स्वस्थ वातावरण तयार हुने बताइएको छ ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…