हतुवागढीको ६ नम्बर वडामा एमाले उम्मेदवार मोहन कुमार राईको प्यानलै विजयी
- स्थानिय तह
- May 15, 2022

घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिका ६ को वडाध्यक्षमा नेकपा उम्मेदवार मोहन कुमार राई निर्वाचित भएका छन् ।
आइतबार राती १२ बजे सम्पन्न मतगणनामा ६१३ मतका साथ वडाध्यक्षमा मोहन कुमार राई प्यानलै सहित विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारले ५७४ मत प्राप्त गरे ।
हतुवागढी गाउँपालिका अन्तर्गतका ८ वटा वडाको मत गणना सम्पन्न भएको छ । जसमा वडा नम्बर १,२,३,४, ६ र ९ नम्बर वडामा एमालेको विजयी भएको छ भने वडा नम्बर ७ र ८ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएका छन् ।