हतुवागढीमा गठबन्धनको साझा अपिलः रुखमा भोट किन ?

शेयर गर्नुहोस

हतुवागढी । भोजपुरको हतुवागढीमा आसन्न स्थानीय निर्वाचनको चहलपहल निकै बाक्लिएको छ ।

भोजपुरकै दूर्गम क्षेत्र मानिने हतुवागढीमा नेकपा एमाले र गठबन्धन नेतृत्वको चुनावी प्रतिष्पर्धा हुने भएको हो । यति बेला सबै राजनैतिक दलका उम्मेदवार चुनावी अभियानमा जनताका घरदैलोमा पुग्ने गरेका छन् ।

हतुवागढीको केन्द्र घोडेटारमा कांग्रेस, एमालेका चुनावी गितले गुञ्जमान रहेको छन् । पार्टीका पेस्टर र प्रतिवद्धता पत्र प्रशस्तै पाइन थालेका छन् । यसैबीच नेपाली कांग्रेस नेतृत्वको गठबन्धन दलले साझा अपिल सार्वजनिक गरेको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको संयुक्त गठबन्धनबाट आसन्न वैशाख ३० गतेको निर्वाचनमा हतुवागढी गाउँपालिका अध्यक्षको उम्मेदवारको रुपमा नेपाली कांग्रेसका केन्दीय सदस्य गजेन्द्र बहादुर कार्कीले उम्मेदवारी दिएका हुन् । त्यस्तै उपाध्यक्ष पदमा माओवादी नेत्री सुनिता किरातीले उम्मेदवारी दिएकी हुन् ।

राजनैतिक पद लाभको लागि नभएर हतुवागढी क्षेत्रमा विद्यमान रहेका अशिक्षा, गरिबी, बेरोजगारी, असमानता, पछौटेपन आदिको न्युनिकरण गरी समतामूलक र न्यायपूर्ण समाज निर्माणको आधारशिला स्थापनाको आधारशिला स्थापनाको लागि उम्मेदवारी रहेको गठबन्धनद्धारा जारी अपिल पत्रमा उल्लेख छ ।

हतुवागढी गाउँपालिका गठबन्धनको साझा अपिलः रुपमा भोट किन ?
१, नागरिकलाई सुशासन र दीगो विकासको प्रत्याभूति गराउन
२, सम्पूर्ण वडा तथा क्षेत्रको समानुपातिक विकास गर्न
३, हरेक गतिविधिमा समावेशी सहभागिता सुनिश्चित गर्न
४, समुन्नत हतुवागढी र सम्मानित हतुवागढीबासीको अनुभूति दिलाउन
५, भ्रष्टचार रहित पारदर्शी सेवाको महसुस गराउन
६, स्रोत साधनको उचित व्यवस्थापनको सुनिश्चितता गर्न
७, सवल, सक्षम र असल नेतृत्वको चयन गर्न
८, नवीनतम् प्रविधिमैत्री हतुवागढी गाउँपालिका स्थापना गर्न
९, आधारभूत शिक्षा स्वास्थ्य तथा रोजगारीमा नागरिकको पहुँचको अभिवृद्धि गर्न
१०, कृषिलाई आधुनिकीकरण तथा व्यवसायीकरण गर्न
११, सभ्य, संस्कृत, समावेशी र समतामूलक समाजको निर्माण गर्न
१२, पर्यटन व्यवसायको विकास तथा संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्न
१३, खेलकुद विकास र रोजगारीको सुनौलो अवसर सृजना गर्न

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…