हतुवागढीलाई हराउँदै झापाले जित्यो उपाधी, महिलातर्फ ओखलढुंगाको मानेभञ्ज्याङ विजयी

शेयर गर्नुहोस

      -अर्जुन राई अपहेलित
२२ चैत, बालंखा ।
भोजपुरको आमचोक गाउँपालिकामा सम्पन्न १ नम्बर प्रदेश स्तरीय अन्तर पालिका भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।

सोमबार (हिजो) प्रदेश एकका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्बोको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम समापन गरिएको हो ।

कार्यक्रममा मन्त्री आङ्बो समक्ष गाउँपालिका अध्यक्ष अशोक राईले आमचोकको दीर्घकालीन विकास योजना लक्षित माग पत्र पेश गरेका थिए ।

आमचोक गाउँपालिकाको आयोजना तथा आमचोक खेलकुद विकास समितिको संयोजनमा शुक्रबार देखि जारी १ नम्बर प्रदेश स्तरीय अन्तर पालिका छौंखा साकेन्वा खुल्ला पुरुष तथा महिला भलिबल तेस्रो रनिङ शिल्ड प्रतियोगिता २०७८ मा महिला पुरुष दुवै तर्फ ८/८ टिमको सहभागिता थियो ।

हिजो सम्पन्न पुरुष तर्फको फाइनल खेलमा हतुवागढी भलिबल टिमलाई १ का विरुद्ध ३ सेट जित्दै झापा गापा भलिबल टिम उपाधी विजेता बनेको हो । उपाधी विजेता बनेसँगै झापा भलिबल टिमले नगद २ लाख पुरस्कार साथमा १०१ तोलाको चाँदीको शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरे ।

आमचोक पालिका अध्यक्ष अशोक राई समक्ष उपाधी विजेता झापा पुरुष भलिबल टिम १०१ तोला चाँदीको शिल ग्रहण गर्दै

त्यस्तै उपविजेता बनेको हतुवागढी गापा पुरुष भलिबल टिमले नगद १ लाख ५० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्यो । प्रतियोगितामा तेस्रो बनेको आमचोक पुरुष भलिबल टिमले नगद १ लाख साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

हिजै सम्पन्न महिला तर्फको फाइनल खेलमा आमचोक महिला भलिबल टिमलाई हराउँदै ओखलढुंगाको मानेभञ्ज्याङ गापा महिला भलिबल टिम उपाधी विजेता बनेको हो । उपाधी विजेता बने सँगै मानेभञ्ज्याङ भलिबल टिमले नगद १ लाख ५० हजार पुरस्कार सहित ८१ तोलाको चाँदीको शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

आमचोक पालिका उपाध्यक्ष सीता राई समक्ष महिला तर्फ उपाधी विजेता मानेभञ्ज्याङ टिम क्याप्टेन चन्द्र कुमारी बस्नेत ८१ तोला चाँदीको शिल्ड ग्रहण गर्दै

त्यस्तै उपविजेता आमचोक महिला भलिबल टिमले नगद १ लाख मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने प्रतियोगितामा तेस्रो हुन सफल रामप्रसाद राई गाउँपालिकाका महिला भलिबल टिमले नगद ५० हजार साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

खेल अवधिभर पुरुष तर्फ हतुवागढीका जीवन राई वेष्ट डिपेन्डर, राजकुमार तामाङ वेष्ट स्पाइकर, झापाका रोहित सिवाकोटी वेस्ट ब्लगर, रोशन सिवाकोटी वेस्ट सर्भर, रविन गौतम वेस्ट प्लेयर्स र आमचोकका निसान राई वेस्ट सटर घोषित भएका हुन् ।

त्यस्तै महिला तर्फ आमचोककी विमला श्रेष्ठ वेस्ट स्पाइकर, रामप्रसादकी ममता राई वेस्ट सर्भर र मानेभञ्ज्याङकी प्रतिभा राई वेस्ट डिफेन्डर, रेस्मी राई वेस्ट ब्लगर, पुर्णिमा बाहिङ राई वेस्ट सटर, चन्द्र कुमारी बस्नेत बेस्ट प्लेयर घोषित भएका हुन् ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…