भोजपुरमा बन्यो “एक करोडको नोट” भिडियो सहित

शेयर गर्नुहोस


भोजपुर । आर्जु मिडिया प्रा.ली.को व्यानरमा निर्माण भएको चलचित्र “एक करोडको नोट” को टाइटल गित आज विमोचन गरिएको छ । भोजपुरको बिभिन्न स्थानमाहरुमा छायाँकन गरी निर्माण गरिएको चलचित्र प्रदर्शनको अन्तिम तयारीमा रहेको निर्माण समितिको अध्यक्ष विबेक राईले बताए । पत्रकार महासंघको हलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि भोजपुर नगरपालिकाका मेयर कैलाश आलेले गित सार्वजानिक गनुभएको थियो । गितमा अन्जु पन्त र निशान भट्टराईको स्वर रहेको छ । डिबि खनाल र अभिनास राईको सब्दमा अभिनास राईले संगित भरेका छन । कलाकारहरु करण श्रेष्ठ र उशा उप्रेतीको अभिनय रहेको आर्जु मिडया प्रा‍‍.लि.का संञ्चालक अर्जुन बस्नेतले जानकारी दिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले चलचित्र मार्फत कलाकारको क्षमतालाई उजागार गरेको बताए । कार्यक्रममा उपमेयर ममिता राई , उद्योग वाणिज्य संघका अध्यक्ष धुव्रलाल श्रेष्ठ,नेपाल पत्रकार महासंघ अध्यक्ष एक्सन राई लगायतको उपस्थिति रहेको थियो ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…