माघ १६ देखि हतुवागढीको सिन्द्राङमा साविक वडास्तरीय भलिबल प्रतियोगिता

शेयर गर्नुहोस

घोडेटार । किरात थुलुङ संस्कृति सामा हतुवागढीको आयोजनामा साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

माघ १६ गते देखि भोजपुरको हतुवागढी गाउँपालिका ३ थुलुङ गाउँस्थित संस्थाको नवनिर्मित खेल मैदानमा उक्त प्रतियोगिता हुन लागेको हो ।

हतुवागढी ३ तथा अन्य वडाहरुमा दिवंगतहरुको सम्झनामा हुन लागेको उक्त प्रतियोगितामा जुनसुकै गाउँपालिका वा नगरपालिका अन्तर्गतका साविक वडाहरुबाट पुरुष खेलाडीहरुले सहभागी हुन पाउने आयोजकले जनाएको छ ।

नक आउट चरणमा हुने प्रतियोगितामा उपाधी विजेता टिमले रु. ७५ हजार र उपविजेता टिमले रु. ३५ हजार नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सेमिफाइनलमा पुग्ने टिमले स्वान्त्वना पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगितामा सहभागी खेलाडी सम्बन्धित साविक वडाको हुनु पर्ने तथा सहभागिताको लागि माघ १५ गते बेलुका ५ बजे सम्म खेलाडी समूह दर्ता गरिसक्नुपर्ने जारी सुचनामा उल्लेख छ ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…