हतुवागढी भलिबल रनिङ शिल्ड प्रतियोगिताको पाँच खेल सम्पन्न, आमचोकको दुवै टिम सेमिफाइनल प्रवेश

शेयर गर्नुहोस

घोडेटार । भोजपुरको हतुवागढी-१ घोडेटारमा जारी पालिका स्तरीय भलिबल प्रतियोगिताको चार खेल सम्पन्न भएको छ ।

बिहीबार भएको खेलमा पुरुष तर्फ तीन र महिला तर्फको दुई खेल सम्पन्न भएको हो ।

वेस्ट अफ फाइभको आधारमा नक आउट चरणको उक्त खेलमा आमचोक गाउँपालिकाको माहिला र पुरुष दुवै टिम सेमि फाइनल प्रवेश गरेका छन् ।

पुरुष तर्फ भोजपुरकै टेम्केमैयुङ र महिला तर्फको खेलमा दमक नगरपालिका झापालाई हराउदै आमचोकको दुवै टिम सेमेफाइनल पुगेको हो । 

त्यस्तै पुरुष तर्फ आयोजक हतुवागढीलाई हराउदै झापा पनि सेमिफाइनलमा प्रवेश गरेको छ ।
हतुवागढी र सभापोखरी संखुवासभाबीच हुने खेलमा निर्धारित समय सम्म सभापोखरी टिम उपस्थित नहुँदा स्वतह हतुवागढी विजयी हुँदै सेमिफाइनल पुगेको हो ।

हिजै सम्पन्न महिला तर्फको खेलमा आयोजक हतुवागढीलाई हराउँदै रामप्रसाद राई गाउँपालिका भोजपुर सेमिफाइनल प्रवेश गरेको हो ।

हतुवागढी खेलकुद विकास समितिद्वारा आयोजित ‘हतुवागढी अन्तर गा.पा./न.पा. पुरुष तथा महिला भलिबल रनिङ शिल्ड प्रतियोगिता २०७८’ आज चैत २ गते देखि चैत ५ गते सम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा आज (शुक्रबार) को पहिलो खेल पुरुष तर्फ रामप्रसाद भोजपुर र दमक झापा बीच सेमिफाइनलका लागि प्रतिस्पर्धा हुनेछ ।   

 

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…