भोजपुर मचुवाटारका दुई बालिका अरूण नदीमा बेपत्ता
- समाचार
- June 25, 2025

घोडेटार । भोजपुर हतुवागढी ९ मचुवाटारका दुई बालिका अरूण नदीमा बेपत्ता भएका छन् ।
बुधबार (आज) दिउँसो २ः३० बजे तिर नदीमा नुहाउन गएका १३ वर्षीया खुसी राई र १२ वर्षीया कृषिका राई नदीमा बेपत्ता भएका हुन् ।
विद्यालय छुट्टीको दिन नुहाउन भनि नदिमा गएका तीन बालिका मध्ये दुईजना नदिमा बेपत्ता भएका हुन् । एक जना मात्र घर फर्किए पछि परिवारले थाहा पाएका थिए । सुरक्षाकर्मी र स्थानीयहरुको सहभागितामा खोजि कार्य भएको तर बर्खाको समयमा पानीको वहाब बढ्ने र बाढी आउने भएकाले खोजिकार्य जटिल बनेको स्थानीय बताउँछन् ।
बेपत्ता बालिका धनकुटाको सिम्ले स्थित श्री अनिवार्य निःशुल्क माध्यमिक विद्यालयमा पढ्दै रहेको परिवार स्रोतले जनाएको छ । कक्षा ८ मा अध्ययनरत उनीहरू कक्षाकै प्रथम र द्धितीय विद्यार्थी रहेको जनाइएको छ ।
