पोखरामा राष्ट्रिय युवा संघ नेपालको १०औँ महाधिवेशन सुरु

शेयर गर्नुहोस


पोखरा, वैशाख १० – नेकपा एमालेको जनसंगठन राष्ट्रिय युवा संघ नेपालको १०औँ महाधिवेशन आजदेखि पोखरामा सुरु भएको छ। अमरसिंह चौरमा हुने उद्घाटन सत्रलाई प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन्।

अध्यक्ष पदका लागि क्षितिज थेबे, सुमन पुरी, महाराज गुरुङ, प्रकाश गौतम र कृष्णहरि केसीले आकांक्षा व्यक्त गरेका छन्। सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेका बेला निर्वाचन हुने सम्भावना कम देखिएको छ।

महासचिव पदमा उपसचिव राजन थापा र सचिव निरोज पौडेलसहित केही नेताको चर्चा छ। खुला उपाध्यक्षमा राकेश राई, ध्रुव खड्का, मोबिन आलमलगायतको र महिला उपाध्यक्षमा शारदा पछाईं, निशा लिम्बु, अनुपमा राईहरूको नाम अगाडि आएको छ।

बन्दसत्र आज साँझ पोखरा सभागृहमा सुरु हुने तयारी छ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…