भोजपुरमा ओली: किराँतीको फेटा बाँधे, शेर्पाको टोपी लगाए

शेयर गर्नुहोस

भोजपुर : नेकपा एमालेले सुरु गरेको मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा भोजपुर आइपुगेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको टोली खोटाङको दिक्तेलबाट भोजपुर आइपुगेको हो ।

खोटाङबाट भोजपुर आएका ओलीलाई स्वागत गर्न चखेवा भञ्ज्याङमा किराँती भेषभुसा र बाजागाजासहित पुगेका थिए ।

उनीहरूले ओलीलाई किराँती भेषमा सजिएका थिए । त्यसपछि ढोल झ्याम्टासहित पुगेका स्थानीयले साकेला नाच्दै ओलीलाई स्वागत गरे । सहभागीलाई स्वागत गर्न गाउँगाँउबाट वृद्धवृद्धादेखि सर्वसाधारण र बालबालिकाको उल्लेख्य सहभागिता थियोे ।

चखेवाबाट भोजपुर आउने क्रममा उनले विभिन्न स्थानमा रोकिएर स्थानीयहरुसँग भेट गरेका थिए । टेम्केमैयुममा ओलीलाई स्थानीयले सुन्तलाको माला लगाइदिएका थिए ।

भोजपुरमा ओलीलाई स्थानीयले शेर्पा जातिले लगाउने टोपी लगाइदिएर स्वागत गरेका छन् ।

अन्य पोष्टहरु

चोरीभएको सुन सहित नगद बरामद

चोरीभएको सुन सहित नगद बरामद

शेयर गर्नुहोस भोजपुर । भोजपुर नगरपालिका ५ बोखिममा चोरी भएको नगद र सुन बरामद भएको छ…

त्रिवि दिवसमा भोजपुर क्याम्पसले गर्यो विभिन्न कार्यक्रम

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६५ ‌औ वार्षिक दिवसको अवशरमा भोजपुर बहुमुखि क्याम्पसले…
भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।…